पहाडी क्षेत्रको मोबाइल औषधि पसल
2022-10-03 17:22:13cri
Share with:

 

चीनको पूर्वी भागको च च्याङ प्रान्तको सान मन जिल्ला अन्तर्गत स्या याङ गाउँमा एउटा चिन खाङ नामक औषधि पसल रहेको छ। उक्त पसलको साउजी छन चि ह्वैको मोबाइल नम्बर पसल आसपासका लगभग ५० वटा गाउँ र २० हजार स्थानीयको हटलाइन मानिन्छ।

 

सन् २०१९ मा पहाडी क्षेत्र र समुद्री टापुस्थित बासिन्दाहरूले औषधि पाउन निकै कठिन भएको समस्याको समाधान गर्नका लागि च च्याङ प्रान्त सरकारले औषधिलाई पहाड र टापुतिर पठाउने परियोजनाको सिर्जना गरेको छ।

 

साउजी छनले ५० भन्दा बढी गाउँलाई औषधि पठाउने गर्नुभएको थियो र जुन यात्राको दूरी एक लाख किलोमिटर भन्दा लामो भएको देखिन्छ। यसैले उहाँको पसललाई स्थानीयको मोबाइल औषधि पसल पनि भनिन्छ।