अमेरिका बेलायत र अस्ट्रेलियाको “आणविक षड्यन्त्र” सफल नहुने
2022-10-03 17:14:59cri
Share with:

 

“त्यस सम्मेलनमा अमेरिका, बेलायत र अस्ट्रेलिया ३ मुलुक बीचको आणविक पनडुब्बी सहकार्य समस्याबारे चलाइएको बहस एकदमै चर्को देखिएको छ।” हाल सम्पन्न भएको अन्तर्राष्ट्रिय पारमाणविक उर्जा एजेन्सीको ६६ औं महासभाको अवस्थाबारे चर्चा गर्दै चिनियाँ प्रतिनिधिले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार, अमेरिका, बेलायत र अस्ट्रेलिया ३ मुलुकले आणविक पनडुब्बी सहकार्यलाई वैधानिक बनाउन खोजेको संशोधित मस्यौदालाई अस्वीकार गरिएको छ। त्यो कुरा अमेरिका बेलायत र अस्ट्रेलियाको “आणविक षड्यन्त्र” सफल नहुने प्रतीक पनि हो।

गत वर्षको सेप्टेम्बरदेखि यता अमेरिका बेलायत र अस्ट्रेलियाले सँगै मिलेर आणविक पनडुब्बी सहकार्य चलाउने घोषणा गरेकाले विश्वको संवेदनशीलतालाई उत्तेजित पारेको छ। तर ती ३ वटा मुलुकले जुनसुकै तरिका र साधनको प्रयोग गरे तापनि विफल हुने नतिजा भोग्नुपर्छ। किनकि उनीहरूको षड्यन्त्र अन्तर्राष्ट्रिय ऐन कानुन र परिपाटी विपरीत भएकाले मानिसको स्वीकार र मनलाई जित्न सक्दैन।

मानव जाति एउटा अविच्छिन्न सुरक्षित समुदाय नै हो। आणविक अस्त्र रहित विश्वको स्थापना गर्ने, सँगै मिलेर शान्ति र सुरक्षाको संरक्षण गर्ने भन्ने विभिन्न मुलुकको साझा अभिलाषा नै हो। त्यो अमेरिका बेलायत र अस्ट्रेलियाको “आणविक षड्यन्त्र” सफल नहुने मूलभूत कारण पनि हो।