राष्ट्रिय दिवसका अवधिमा चीनको दोस्रो सत वार्षिक प्रयास लक्ष्यबारे चर्चा
2022-10-04 19:46:01cri
Share with:

 

अक्टोबर १ तारिख चीनको राष्ट्रिय दिवस हो। सन् १९४९ को अक्टोबर १ तारिख जन गणतन्त्र चीन अर्थात् नयाँ चीन स्थापना मनाउनका लागि खडा गरिएको दिवस हो यो। चिनियाँ जनता हरेक वर्ष यही दिवसलाई मनाउने गर्दछन्। चालु वर्षको राष्ट्रिय दिवसका बारेमा बितेका वर्षको तुलनामा चिनियाँहरूको अपेक्षाकृत प्रतीक्षा रहिरहेको छ। राष्ट्रिय दिवसको ७ दिनसम्म चल्ने लामो बिदापछि चिनियाँ जनताले पाँच वर्षमा हुने एक बिशाल गतिबिधिको स्वागत गर्नेछन्। त्यो बिशाल गतिबिधि चीनको सत्तारूढ पार्टी अर्थात् चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशन हो।


किन चिनियाँ जनता २० औं महाधिवेशनको प्रतीक्षामा रहिरहेका छन्? किनकी यो सम्मेलनले चिनियाँ जनताका लागि दोस्रो सय वर्षको प्रयास लक्ष्यलाई साकार तुल्याउनका लागि रणनीतिक निर्देशन दिनुका साथै महत्वपूर्ण कदम पनि चाल्नेछ।


केही मुलुकले निरन्तर रूपमा चीनको विकासलाई “विश्वव्यापी त्रास धम्की”का रूपमा व्यवहार गरे तापनि ती मुलुकले भेदभावलाई पन्छाएर पृथ्वी गाउँ शान्त, स्थिर र विकसित हुने शुभेच्छा लिएको आधुनिक मुलुक चीन एउटा कस्तो मुलुक हो भन्ने विषयको अनुभव गर्नेसक्ने भन्ने चीनको आशा छ।