चीनको उच्च गतिको रेल विश्वमा लोकप्रिय हुँदै
2022-10-04 17:37:57cri
Share with:

 

इन्डोनेसियाका राजधानी शहर जकार्ता र उक्त देशको चौथो ठूलो शहर बान्डुङबीचको उच्च गतिको रेल दक्षिण पूर्वी एशियाको पहिलो उच्च गतिको रेल हो। साथै सो रेलको निर्माणमा चीनले पहिलो पटक रेलको प्रणाली, तत्वहरू र औद्योगिक शृङ्खला सम्पूर्णरूपमा विदेशमा व्यावहारिक बनाएको छ।

 

हालसम्म उक्त रेलको निर्माण हुँदैआएको देखिन्छ र जुन निर्माणसित सम्बन्धित विभिन्न विभागले यस वर्षको अन्तमा चलाउने उद्देश्यका लागि प्रयास गरिरहेको छ।

 

उक्त उच्च गतिको रेलको लम्बाइ १४२ किलोमिटर बराबर छ र रेलको सबैभन्दा द्रुत गति ३५० किलोमिटर प्रति घण्डा पुग्ने योजना बनाइएको छ। सो रेलको निर्माण चीन र इन्डोनेसियाबीचको बीआरआई शीर्ष प्रस्ताव अन्तर्गत व्यावहारिक सहकार्य परियोजना भएको जनाइएको छ।