सकेसम्म छिटो संयुक्त राष्ट्र संघसमक्ष पर्याप्त रकम बुझाउन चीनद्वारा सदस्य मुलुकलाई आह्वान
2022-10-04 17:12:43cri
Share with:

सदस्य मुलुक विशेषत: ठूलो रकम बोकेका सदस्य मुलुकले सकेसम्म छिटो संयुक्त राष्ट्र संघसमक्ष पर्याप्त रकम बुझाउनुका साथै वास्तविक गतिबिधिद्वारा आफ्नो वचन बद्धतालाई व्यवहारमा उतारेर संयुक्त राष्ट्र संघको सामान्य कामलाई प्रत्याभूति दिन संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय उपप्रतिनिधि ताइ पिनले अक्टोबर ३ तारिख आह्वान गर्नुभएको छ।

उपप्रतिनिधि ताइ पिनले ७७ औं संयुक्त राष्ट्र संघीय महासभाको प्रशासन र बजेट परिषद्को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उक्त आह्वान गर्नुभएको हो।

बित्तीय अवस्था संयुक्त राष्ट्र संघ सञ्चालनको जग र महत्वपूर्ण समर्थन भएकाले संयुक्त राष्ट्र संघको भूमिकाको संरक्षण गर्न सबै सदस्य मुलुकहरूले दायित्वपूर्ण धारणा लिएर आ आफ्नो कर्तव्य र कार्यभारको बहन गर्नुपर्ने कुरामा उपप्रतिनिधि ताइ पिनले जोड दिनुभएको छ। चीनले सधैं नै सक्रियताका साथ संयुक्त राष्ट्र संघका विभिन्न बित्तीय कार्यभार बहन गर्दै चालु वर्षको सदस्य खर्च पनि पूराका पूरै बुझाइसकेको जानकारी उहाँले दिनुभएको छ।