प्रत्येक चिनियाँ जेष्ठ नागरिकलाई खुशी बनाउने चीनको प्रयास
2022-10-05 17:41:18cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औँ महाधिवेशनदेखि चीनका राष्ट्राध्यक्ष सी चिन फिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीले चीनका जेष्ठ नागरिकका समस्याको सक्रिय रूपमा समाधान गर्दै आएको छ। चीनले जेष्ठ नागरिकलाई सहयोग दिने,स्वास्थ्य तथा आध्यात्मिक सांस्कृतिक जीनवको निर्माण र सामाजिक संलग्नता लगायतका अरू वास्तविक आवश्यकता पूरा गर्न प्रयास गरिरहेको छ।

विगत दश वर्षदेखि चीनले जेष्ठ नागरिकहरूलाई स्वास्थ्य हुन सेवा दिने प्राणालीको निर्माणलाई विकास गर्नुका साथै जेष्ठ नागरिकको स्वास्थ्य सेवाको गुणस्तरलाई उकास्दै आएको छ। चीनले जेष्ठ नागरिकको हेरचाह तथा चिकित्सा सेवा मिलाउएर विभिन्न जेष्ठ नागरिक समूहको बसोबास क्षेत्रमा उक्त सेवा उपलब्ध गराउने प्रयास गरिरहेको छ।

विगत दश वर्षमा चीनले जेष्ठ नागरिकको सक्रिय समाजिक संलग्नतालाई अघि बढाउनुका साथै जेष्ठ नागरिक कक्षालाई पनि विकास गर्दै आएको छ। हालसम्म लगभग ४० हजार भन्दा बढी जेष्ठ नागरिक विशेष कक्षा स्थापित भएका छन्।