चीनद्वारा जेष्ठ नागरिकका समस्याको सक्रिय समाधान
2022-10-05 17:02:30cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशन यता सी चिन फिङको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिले जेष्ठ नागरिकलाई राष्ट्रको रणनीतिक स्तरमा राखेको छ। गएको दश वर्षदेखि चीनले जेष्ठ नागरिकहरूको सामाजिक सुरक्षा र सेवा दिने साथै स्वास्थ्यको समर्थन दिने प्रणालीलाई विकास गर्दैआएको छ। यसरी चिनियाँ जेष्ठ नागरिकहरूको जीवन खुशी र सुविधाजनक बन्दै आएको देखिन्छ।

 

हाल चीनमा ६० वर्षभन्दा बढी उमेर भएको व्यक्तिको जनसङ्ख्या २६ करोड ७० लाख पुगेको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले जेष्ठ नागरिकको खुशी जीवनको निर्माणमा सधैं महत्व दिँदै आउनु भएको छ।