नयाँ कोरोना माहामारीबाट अमेरिकामा विपन्न र सम्पन्न वर्ग बीचको खाडल फराकिलो हुँदै
2022-10-05 18:35:16cri
Share with:

लामो समययता अमेरिकामा विपन्न र सम्पन्न वर्ग बीचको खाडल फराकिलो हुँदै आएको देखिन्छ। नयाँ कोरोना महामारी देखा परेयता त्यो समस्या दिनप्रति दिन अझ स्पष्ट हुँदै आएको छ। हाल अमेरिकी संघीय संचय परिषद्ले मुद्रास्फिती नियन्त्रणका लागि लगातार रूपमा ब्याज दर बढाएपछि अमेरिकी अर्थतन्त्रको बृद्धिको भविष्य बिग्रनुका साथै श्रमिक शक्ति बजार पनि झन् झन् कमजोर बन्दै गएको देखिन्छ। त्यसैगरी विपन्न र सम्पन्न वर्ग बीचको खाडल पनि झन् चर्कंदै आएको छ। 

 

चालु वर्षको अप्रिलमा अमेरिकी नागरिक अधिकार संगठन विपन्नको आन्दोलनले संयुक्त राष्ट्र संघको दिगो विकास सम्बन्धी समाधान योजना सञ्जालसँग एउटा प्रतिवेदन जारी गर्दै नयाँ कोरोना देखा परेको ३ वर्षपछि अमेरिकामा गरिब र धनीको मृत्यु दरको खाडल झन् बढ्दै आएको कुरा जनाएको छ। डेल्टा र ओमिक्रोन भाइरसबाट उत्पन्न गम्भीर रोगमध्ये विपन्न जिल्लाको मृत्युदर सम्पन्न जिल्लाभन्दा निकै बढी भएको छ।