इराक भौगोलिक प्रतिस्पर्धाको स्थल हुनु नहुने चीनको भनाइ
2022-10-05 18:59:57cri
Share with:

इराकको रणनीतिक स्थान महत्वपूर्ण रहेको र जाति तथा धर्मका विविधता भएकाले क्षेत्रीय सहकार्यलाई अघि बढाइने यन्त्र बन्नुपर्छ। बरू भौगोलिक प्रतिस्पर्धात्मक स्थल बन्नु हुँदैन। संयुक्त राष्ट्र संघका लागि चिनियाँ आबासीय उपप्रतिनिधि ताइपिनले उक्त कुरा बताउनुभएको हो।

 

उपप्रतिनिधि ताइ पिनले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले इराक समस्याको लेखाजोखा गर्ने क्रममा चीनले सधै नै इराक लगायतका सबै मुलुकको सार्वभौमिकता र भूखण्डको अविच्छिन्नताको विस्तृत रूपमा सम्मान गर्नुका साथै सहयोगात्मक तरिकामार्फत साझा सुरक्षालाई साकार तुल्याउने अडान लिँदै आएको कुरामा जोड दिनुभएको छ।

 

वर्तमान अवस्थामा अन्तर्राष्ट्रिय समाजले निरन्तर रूपमा दृढताका साथ आफ्नो देशको सुरक्षा र स्थिरताको संरक्षण गर्न इराकलाई समर्थन दिँदै जाने पनि उहाँले आह्वान गर्नुभएको छ।