अमेरिकी समाजमा जर्ज फ्रायडको त्रासदी फेरि उत्पन्न हुन सक्ने चेतावनी
2022-10-06 18:49:14cri
Share with:

 

हाल संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदको ५१ औँ सम्मेलनमा चिनियाँ प्रतिनिधिले अमेरिकी सरकारबाट अल्पसंख्यकहरूप्रति भेदभावपूर्ण कानुन प्रवर्द्धन गरेर समस्यामा सिर्जना गरेको बताउनु भएको छ। चीनले अमेरिकालाई आफ्नो गम्भीर जातिवाद तथा जातीय भेदभाव समस्याको समाधान गर्न माग गरेको छ। नत्र जर्ज फ्रायड जस्तो त्रासदी फेरि उत्पन्न हुने सम्भावना छ।

तथ्याङक अनुसार अमेरिकी प्रहरी जर्ज फ्रायडलाई मारेपछि एक वर्षसम्म कम्तिमा २२९ जना अफ्रिकी मूलका नागरिक मारिएका र यी कानुन प्रवर्द्धनको उपाय निकै क्रूर देखिन्छ। यसबाट हेर्दा अमरिका तथाकथित प्रजातान्त्रिक स्वर्ग होइन साथै यसको सट्टामा एउटा खतरनाक विरामी समाज हो भन्ने पुष्टि हुन्छ।


यस वर्षको अगष्टमा संयुक्त राष्ट्र संघको जातिवाद हटाउने समितिले अमेरिकाबाट“जातिवाद हटाउने अन्तराष्ट्रिय संधि”को कार्यान्वयन गरेको अवस्थाबारे सर्वेक्षण गर्दा अमेरिकाको गम्भीर जातिवाद समस्याप्रति आलोचना भएको थियो।

अमेरिकाले उक्त अन्तर्राष्ट्रिय समाजको आलोचनाको सामना गर्नुपर्छ र स्वदेशको जातिवादी तथा अल्पसंख्यकहरूप्रति भेदभावपूर्ण कानुन प्रवर्द्धन रोक्नुपर्छ।