निकट भविष्यमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरू मन पर्ने नेपालमा फर्केर घुम्ने
2022-10-06 16:02:21cri
Share with:

 

सेप्टेम्बर २७ तारिख विश्व पर्यटन दिवस हो। यो सन् १९७९ सेप्टेम्बरमा पर्यटन श्रमिक तथा पर्यटकका लागि विश्व पर्यटन संगठनद्वारा स्थापित दिवस हो। चालू वर्ष विश्व पर्यटन दिवसको मुख्य विषयवस्तु "पर्यटनको पुनर्विचार"भन्ने रहेको छ। 

हालै कोभिड-१९ महामारीको प्रभावमा विश्वभर पर्यटनको विकासका सामु ठूलो चुनौती देखा परेको छ। ‘पूर्वको स्वीट्जरल्याण्ड’मानिएको नेपालमा पर्यटनमाथि पनि कडा प्रहार गरिएको छ। महामारी फैलिनुअघि, नेपाल चिनियाँ पर्यटकहरूका लागि द्रूत वृद्धि पर्यटकीय गन्तव्यहरूमध्येको एक थियो  र चीन नेपालको लागि एक महत्त्वपूर्ण पर्यटकीय स्रोत देश पनि थियो।

सौभाग्यवशमा यस वर्ष नेपाली पर्यटन बजार क्रमशः सुधार हुँदै गएको छ। नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार कोभिड-१९ महामारीअघिको तुलनामा यस वर्षको पहिला छ माहिनामा नेपाली पर्यटन बराबर ७५ प्रतिशतले सुधार भएको छ। भर्खरै वसन्त आरोहण सिजनमा मात्रै ५०५ विदेशी आरोहीले नेपालका १५ हिमाल आरोहण गरेका छन्।

बिस्तारै नेपाली पर्यटनको प्रवर्द्धन गर्नका लागि चीनमा पनि विभिन्न गतिविधि भइरहेका छन्। गत महिना चीनस्थित नेपाली दूतावासले ‘नेपाल पर्वतारोहण तथा पदयात्रा’कार्यक्रम पैचिङमा आयोजना भएको छ। चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालय, चाइना एक्स्पिडिसन एसोसिएसन, अन्तर्राष्ट्रिय पहाडी पर्यटन गठबन्धन, चिनियाँ पर्वतारोहण संघ,चिनियाँ व्यवसायको वैदेशिक विकास संघ, नेपाली पर्वतारोहण संघ र नेपाली टुरिजम एण्ड ट्राभल एसोसिएसनका प्रतिनिधिहरु सहभागी भएका छन्। सन् २०२२ मेमा अन्तर्राष्ट्रिय पर्वतीय पर्यटन दिवसको कार्यक्रम अनलाइनमा सुरु भएको छ। नेपाल टुरिजम एण्ड ट्राभल एसोसिएसन नाट्टाले त्यस अवसरमार्फत् पनि नेपालको पर्यटन प्रवर्द्धन गरेको छ।

चालू वर्षको विश्व पर्यटन दिवसको अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले आफ्नो सन्देशमा यसरी भन्नुभयोः पर्यटन उद्योग नै दिगो विकासलाई अघि बढाउने सशक्त शक्ति हो। जसबाट युवा र महिला विकासका लागि थप अवसरहरू ल्याइदिन्छ। संयुक्त राष्ट्रसंघ विश्व पर्यटन संगठनका महासचिव जुराब पोलोलिकाश्भिलीले आफ्नो सन्देशमा यसरी उल्लेख गर्नुभयोः सन् २०२२ मा पर्यटनले विश्वका विभिन्न ठाउँमा विकासका अवसरहरू ल्याएको छ। कोरोना महामारीबाट चुनौती मात्र ल्याएको होइन विश्वव्यापी पर्यटन उद्योगको रूपान्तरणमा पनि गतिशीलता ल्याइएको छ। विश्व फेरि खुल्ने क्रममा, पर्यटन क्षेत्रले कोभिड-१९ महामारी र अन्तर्राष्ट्रिय आवतजावतको निलम्बनबाट देखाएको पाठद्वारा राम्रोसँग सिकेर ती क्षेत्रको पुनर्विचार गर्नुपर्छ।

पर्यटन बजारमा क्रमिक सुधार आएसँगै छिमेकी नेपालमा घुम्न चिनियाँ पर्यटकहरू आतुर भएका छन्। निकट भविष्यमा धेरैभन्दा धेरै विदेशी पर्यटकहरू मन पर्ने नेपालमा फर्केर घुम्ने छन् र नेपालको पर्यटन उद्योग फस्टाउने विश्वास व्यक्त गरिएको छ।