विश्व व्यापार संगठनद्वारा सन् २०२३ को विश्वव्यापी व्यापार बृद्धि गति मन्द हुने घोषणा
2022-10-06 18:52:50cri
Share with:

विश्व व्यापार संगठनले अक्टोबर ५ तारिख विश्वव्यापी अर्थतन्त्रमा विभिन्न पक्षबाट आएको दबावको प्रभावमा परी सन् २०२२ को अन्ततिर व्यापारिक विकास शक्ति कमजोर हुने र सन् २०२३ मा बृद्धिदर गम्भरीररूपमा घट्ने अनुमान गरिएको छ।

विश्व व्यापार संगठनका आर्थिक विद्वानले सन् २०२३ मा विश्वमा सामानहरूको व्यापारिक मात्राको बृद्धि दर १ प्रतिशत हुने अनुमान गरेको छ। गत अप्रिलमा विश्लेषकहरूले बृद्धिदर ३.४ प्रतिशत हुने अनुमान गरेका थिए। पछिल्लो अनुमान अनुसार सन् २०२३ मा विश्वको आर्थिक विकासको बृद्धि दर २.३ प्रतिशत हुने र पहिला जुन अनुमान गरिएको बृद्धि दरभन्दा १ प्रतिशत कम हुने आँकलन देखिन्छ।

विश्व व्यापार संगठनले श्रोतको मुल्य बृद्धि धेरै भएको र मुद्रास्फिती समस्या व्यापक बन्दैआएको र सैनिक संघर्ष सम्पन्न भएकाले सन् २०२३ का लागि गरिएको अनुमान धेरै सक्रिय भएको बताएको छ।