संयुक्त राष्ट्रसंघमा सिनच्याङबारे चीनको अडानको सफलता
2022-10-07 18:51:08cri
Share with:

चीनले संयुक्त राष्ट्र संघको मानव अधिकार परिषदमा सिनच्याङको प्रस्तावबारे गरेको बहस सफल भएको छ। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ताले अक्टोबर ६ तारिख आयोजित पत्रकार सम्मेलनमा पत्रकारको प्रशनको जवाफ दिँदै उक्त कुरा बताउनुभएको हो।

केही सयमदेखि अमेरिका र केही पश्चिमी मुलुकहरूले बारम्बार सिनच्याङबारे अफवाहको सिर्जना गर्दैआएका थिए। उनीहरुले मानव अधिकारको नाममा राजनीतिक उद्देश्य पूरा गर्न र चीनको विकासलाई रोक्न तथा चीनको अन्तर्राष्ट्रिय प्रतिष्ठालाई हानि गर्न खोजिरहेका थिए। यद्यपि अन्तर्राष्ट्रिय समाजले सिनच्याङको मामिलालाई सर्वेक्षण गरी स्पष्ट बनाएको छ। अमेरिका लगायतका अरू पश्चिमी मुलुकहरूले संयुक्त राष्ट्र संघका अरू सदस्य मुलुकलाई दबाव दिएता पनि धेरैजसो विकासोन्मुख मुलुकहरूले सिनच्याङबारे सिर्जना गरिएको प्रस्तावलाई विरोध गरेको छन्। अन्त्यममा अमेरिकासमेतका पश्चिमी मुलुकको राजनीतिक षडयन्त्र असफल भएको छ।

पत्रकार सम्मेलनमा प्रवक्ताले भन्नुभयो,“सिनच्याङको मामिला कुनै मानव अधिकारसँग सम्बन्धित नभए तापनि आतंकवाद तथा पृथकतावाद विरोधी विषय हो। ”