चाडका युवाको आँखामा चीनको विकास एक चमत्कार
2022-10-07 16:16:23cri
Share with:

 

सन् २०१३ मा चीनले “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरेको थियो। त्यस अवधिमा चीनको हार्बिनमा अध्ययनरत् अफ्रिकी देश चाडका युवा इसाले यो प्रस्तावले आफ्नो जन्मथलोमा धेरै ठूलो परिवर्तन ल्याउने कल्पना गर्नुभएको थिएन। अहिले उहाँको काम र जीवन पनि “बेल्ट एण्ड रोड” प्रस्तावसित जोडिएको छ।

 

दश वर्षअगाडि युवा अहमेट एम इसाले अध्ययन गर्न चीन जाने निर्णय गर्दा उहाँका मित्रहरूले उहाँलाई नजान सल्लाह दिएका थिए। इसा भन्नुहुन्छ “८० प्रतिशत सहपाठीले अध्ययन गर्न विदेश जाने निर्णय गरेका थिए। सहपाठीहरूको मुख्य गन्तव्य मुलुक यूरोप, अमेरिका थिए। थोरै सहपाठीले मात्र एशिया खास गरी चीन छनौट गरेका थिए। मैले केही नयाँ सिक्न सकिन्छ भनेर यस्तो निर्णय लिएको थिएँ।”

 

इसाकाअनुसार, दश वर्षअगाडि उहाँ पहिलो पटक चीन आउनुभएको थियो। पैचिङ राजधानी विमानस्थलमा विमान अवतरण हुँदा नै मेरो छनौट गलत नभएको महसूस गरेँ। उहाँ भन्नुहुन्छ “राजधानी विमानस्थलबाट बाहिर निस्कँदा मलाई अचम्म लाग्यो। विमान गलत गन्तव्यमा अवतवरण भएको महसूस थियो। किनभने कल्पनाभन्दा पैचिङ फरक भयो। मेरो कल्पनामा चीनमा जताजतै साइकल देखिन्छन्।”

 

इसाले सुचारु रुपमा मास्टर डिग्री हासिल गर्नुभयो। हाल उहाँ चिनियाँ भाषा फरर बोल्नसक्नुहुन्छ। उहाँले एक चिनियाँ नाम पनि राख्नुभयो। उहाँको चिनियाँ नाम चाङ श्याउ छ्याङ हो। दश वर्ष बितिसक्यो। पहिले इसाका सहपाठीले अवरोध गरेका थिए। तर हाल जन्मथलोका मानिसले उहाँसँग चीन कसरी आउने भन्नेबारेमा सोध छन्। इसा भन्नुहुन्छ “सन् २०१६ वा सन् २०१५ पछि चीन आउने विदेशी विद्यार्थीहरूको संख्यामा वृद्धि भएको छ। विदेशीले चीनबारे जानकारी लिन थाले।”

 

इसाको विचारमा चीनले “बेल्ट एण्ड रोड” प्रस्ताव प्रस्तुत गरेको छ। अफ्रिकाको मध्यमा पर्ने चाडले चीनबारे गहिरो रुपमा जानकारी लिन थाल्यो। चीनको “बेल्ट एण्ड रोड” प्रस्तावले अफ्रिकी जनताका लागि सुधार ल्याएको छ। उहाँ भन्नुहुन्छ “म जन्मथलो फर्कँदा त्यहाँ ठूलो परिवर्तन भएको देखेँ। यो परिवर्तन सन् २०१३ मा चीनले प्रस्तुत गरेको “बेल्ट एण्ड रोड” प्रस्तावबाट आएको हो। धेरै उत्कृष्ट चिनियाँ उद्योग-व्यवसायहरूले अफ्रिकामा प्रवेश गरी चाडमा आधारभूत प्रबन्ध परियोजनाहरूको निर्माण गरेका छन्। छोटो दश वर्षमा चीन र अफ्रिकाको सहयोगको व्यावहारिक उपलब्धि देख्नपाइन्छ र छुन पाइन्छ। दुई पक्षको सहयोग कागज वा मौखिक रूपमा मात्रै सिमित थिएन।”