संयुक्त राष्ट्र संघद्वारा पाकिस्तानी बाढी प्रकोपलामा सहयोग गर्न सबैलाई आह्वान
2022-10-08 16:46:51cri
Share with:

संयुक्त राष्ट्र संघ महासभाले अक्टोबर ७ तारिख एउटा निर्णय पारित गर्दै बाढी प्रकोप भोगेका पाकिस्तानी जनतालाई नैतिक समर्थन दिनुका साथै पाकिस्तान सरकारलाई सकेसम्म समर्थन र सहायता दिन अन्तर्राष्ट्रिय समाजलाई आह्वान गरेको छ।

 

उक्त निर्णयमा सक्दो प्रयासमार्फत पाकिस्तान सरकारलाई समर्थन र सहायता दिएर बाढी प्रकोपबाट भएको क्षति कम पार्नुका साथै मध्य र दीर्घकालीन पुन:र्निमाणको चाहनालाई पूरा गर्नका लागि अन्तर्राष्ट्रिय समुदाय विशेषत: चन्दा दिने मुलुक, अन्तर्राष्ट्रिय बैकिङ संस्था, सम्बद्ध अन्तर्राष्ट्रिय संगठन, निजी विभाग र लोक संस्थारहरूलाई ताकिता गरिएको छ।