हान लु सौर्य अवधि आरम्भसँगै प्रवासी चराहरूको दक्षिण स्थानान्तरण शुरू
2022-10-08 15:05:34CRI
Share with:

आज अक्टुबर ८ तारिख चीनका चौबीस सौर्य अवधिमध्येको एक हान लु हो। यस दिनदेखि वातावरण लगातार चिसो बन्दैजान्छ भने प्रवासी चराहरू दक्षिणतर्फ न्यानो ठाउँ खोज्दै स्थानान्तरण शुरू गर्छन्। 

हाल अनगिन्ती चराहरू चीनको च्याङसी प्रान्तको फोयाङ तालको सिमसार भूमिमा पुगेका छन्। यी चराहरू न्यानो दक्षिण भागमा हिउँद बिताउन यहाँ इपुगेका छन्। फोयाङ ताल चीनको याङसी नदीको मध्य भागको दक्षिण किनारमा अवस्थित चीनको पहिलो ठूलो ताजा पानीको ताल हो। 

अब भिडियो हेरेर फोयाङ ताल वरिपरिको दृश्यबाट आनन्द लिऔँ।