चीन र पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्ध दुवैपक्षीय साझा बहुमूल्य सम्पत्ति
2022-10-09 17:29:15cri
Share with:

अक्टोबर ९ तारिख चीनको परराष्ट्र मन्त्रालयले नियमित पत्रकार सम्मेलन आयोजना गरेको छ। उक्त पत्रकार सम्मेलनमा पत्रकारहरूले चीनले पाकिस्तानको बाढीका लागि उद्धार र सहयोग दिएको कुराबारे प्रश्न गरेका छन्।

 

ती प्रश्नको जवाफ दिँदै परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले यस पटक पाकिस्तानमा बाढीबो प्रकोप हुने वित्तिकै चीनका नेताले पाकिस्तानका नेतालाई संवेदना पठाउनुभएको बताउनु भयो। चीन सरकार र चिनियाँ जनताले सधैं नै पाकिस्तानको बाढी पीडितहरुलाई सहयोग र हेरचाह गरिरहेको कुरा पनि उहाँले बताउनुभयो।

 

प्रवक्ता माउले वास्तविक तथ्यबाट चीन र पाकिस्तान दुःख र सुखलाई साझा गर्नसक्ने दाजुभाइ जस्तै घनिष्ट साथी भएको कुरा प्रष्ट पार्नुभयो। लामो समयपछि अन्तर्राष्ट्रिय अवस्था परिवर्तन भएको अनुभवमा चीन र पाकिस्तानको मैत्रीपूर्ण सम्बन्ध दुवैपक्षीय साझा बहुमूल्य सम्पत्ति बन्नेको कुरा पनि उहाँले बताउनु भएको छ।