अमेरिकी मुलुक संगठनद्वारा प्रस्तुत माल्भिनास टापुहरू सम्बन्धी निर्णयलाई बेलायती सरकारले सुन्छ कि सुन्दैन?
2022-10-09 16:30:44cri
Share with:

 

अक्टोबर ७ तारिख सम्पन्न ५२ औं अमेरिकी मुलुक संगठनको महासभामा सम्पूर्ण प्रतिनिधिहरूले ताली बजाउँदै एउटा निर्णय पारित गरी माल्भिनास टापुहरू सम्बन्धी अर्जेन्टिनाको वैधानिक अधिकारको संरक्षण गर्नुका साथै शान्तिपूर्ण सम्झौता वार्तामार्फत भिडन्तको समाधान गर्न आह्वान गरेका छन्।

उक्त सम्मेलनमा सहभागी विभिन्न पक्षका प्रतिनिधिहरूले बेग्ला बेग्लै गरी उपनिवेशीवादी ऐतिहासिक मुद्दाको स्वविचार गर्दै वास्तविक गतिबिधिमार्फत गल्ती सच्याउन बेलायत लगायतका पश्चिमा मुलुकहरूलाई ताकिता गरेका छन्। साथै मर्कोसुर, ल्याटिन अमेरिका र क्यारेबियन मुलुकको समुदाय र अमेरिकी मुलुक संगठन आदि अन्तर्राष्ट्रिय संगठनले पनि अर्जेन्टिनासँगै बसेर माल्भिनास टापुहरू समस्याको समाधान गर्न बेलायतसँग आह्वान गरेका छन्। तर बेलायती राजनीतिज्ञहरूले इतिहासले टुङ्गो लगाइएको भन्दै उक्त आह्वानलाई अस्वीकार गरेका छन्।

वास्तवमा इतिहास कहिल्यै पनि टुङ्गो लागेको छैन। संयुक्त राष्ट्र संघ र अमेरिकी मुलुक संगठन होस् वा चीन लगायतका अधिकांश विकासोन्मुख मुलुक र अन्तर्राष्ट्रिय समाजले माल्भिनास टापुहरूको सार्वभौमिकतालाई फिर्ता लिन अर्जेन्टिनालाई समर्थन गर्दै जानेछन्। किनकी अन्तर्राष्ट्रिय प्रजातान्त्रीकरणको दुनियामा उपनिवेशीवाद हटाउनु नै वर्तमानको सशक्त माग हो।