चीनको विकास रोक्न अमेरिकाद्वारा आर्थिक व्यापारिक मामिलामा राजनीतिकरण
2022-10-09 18:34:56cri
Share with:

हाल अमेरिकाले चीनलाई चिप्स निर्यातका लागि नयाँ नियन्त्रण उपायको अपनाएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा अमेरिकाले प्राविधिक र व्यापारिक मामिलालाई राजनीतिकरण गरेर हतियारको रूपमा चीनको विकासलाई रोक्न खोजेको बताउनुभयो। अमेरिकाको यस्तो कुनियत सफल हुन नसक्ने भन्दै अमेरिकाको यस्तो गतिविधिले अमेरिका स्वयंलाई हानि गर्ने पनि उल्लेख गर्नुभयो।

 

अमेरिकाले निर्यातलाई गलत रुपमा नियन्त्रण उपायको प्रयोग गरेको र चीनको उद्योग व्यवसायलाई दबाव दिएको कुराबाट अमेरिकाले समानतालाई छोडेको र अन्तर्राष्ट्रिय आर्थिक र व्यापरिक निर्णय पनि उल्लङ्घन गरेको देखिन्छ। यी गतिविधि अन्तर्राष्ट्रिय प्राविधिक र व्यापारिक आदान प्रदानलाई रोक्नुका साथै विश्व औद्योगिक आपूर्ति शृङ्खलाको स्थिरता तथा पुनरूत्थानमा धेरै क्षति पुग्ने भएको पनि प्रवक्ता माउले औँल्याउनुभयो।