तिब्बतको यामड्रोक ताल र भोटे कुकुर #नेपालीको आँखामा चीन
2022-10-09 16:03:41CRI
Share with:

चीनको तिब्बत स्वायत्त प्रदेशको सदरमुकाम ल्हासाको दक्षिण पश्चिममा अवस्थित नागार्छे काउन्टीको साननानमा यामड्रोक नामक पवित्र ताल छ। ताल पूर्वदेखि पश्चिमसम्म एक सय ३० किलोमिटर लम्बाइ, ७० किलोमिटर चौडाइमा फैलिएको छ। यसको गहिराइ २० देखि ४० मिटरसम्म छ। चार हजार चार सय ४१ मिटर उचाइमा अवस्थित यो ताल ल्हासाबाट १७० किलोमिटर टाढा पर्दछ।

ताल छेवैको फराकिलो सडकबाट लामो समयसम्म यात्रा सँगसँगै तालको विविध रूप र मनोरम दृश्यको सौन्दर्यपान गर्न सकिन्छ। बाटोमा ठाउँठाउँमा सुन्दर दृश्यसँगसँगै याक, भोटे कुकुर र बाख्रा भेट्दा पहाडी सौन्दर्यमा हराएको अनुभूति हुन्छ। १० चिनियाँ युआन तिरेपछि गरगहनामा सजिएका गाईवस्तुसँगै सनग्लास लगाइएका भोटे कुकुरसँग बसेर तस्बिर खिचाउन पाइन्छ। प्राकृतिक सुन्दरता बीच भोटे कुकुरसँग फोटो खिच्न पर्यटक लालयित पनि हुन्छन्।

यामड्रोक ताल वरपर भोटे कुकुर एक सेलिब्रेटीझैँ देखिन्छन्। स्थानीय तिब्बतीहरूका लागि यो आय आर्जनको बाटो पनि बनेको छ। यसको जन्मथलो तिब्बती छिङहाई पठारभूमि हो। जसकारण यो विश्वमा तिबेतन म्यास्तिफको नामले प्रसिद्ध छ।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/