स्यौङ आनः‘भविष्यको सहर’को निर्माण जारी
2022-10-10 15:34:55cri
Share with:

स्यौङ आन नयाँ क्षेत्र, चीनको राजधानी पैचिङ सहर छेउको एउटा राष्ट्रिय स्तरको नयाँ क्षेत्र हो जुन सन् २०१७ मा स्थापना भएको हो। योजना अनुसार, स्यौङ आन नयाँ क्षेत्रको कूल क्षेत्रफल २ हजार किलोमिटर बराबर छ। सन् २०१९ यताको क्षेत्रीय उत्पादन मात्रा २१ अर्ब ५० करोड चिनियाँ युआन पुगेको छ भने सन् २०२० को नोभेम्बरमा चीनको सातौँ जनसंख्या गणना अनुसार, यहाँको स्थायी जनसंख्या १२ लाख पुगेको छ। 

सन् २०१७ मा स्यौङ आन नयाँ क्षेत्रको स्थापना सँगसँगै यहाँको वातावरण सुधार गर्न धेरै रूखहरू रोपिएका छन्, अहिले उक्त जङ्गल राम्ररी हुर्कँदै छ। यहाँको नामी पर्यटन गन्तव्य पाइ याङ त्यानको पर्यावरणीय वातावरणमा पनि क्रमिक सुधार भइ जीवजन्तुको विविधता वृद्धि हुँदै गएको छ। 

अब हामीले पाँच वर्ष अघि र पछिको फोटोबाट स्यौङ आन क्षेत्रको परिवर्तन हेरौँ।