अर्जेन्टिनाका नागरिकद्वारा चीन र अर्जेन्टिना बीचको “बेल्ट एण्ड रोड” सहयोगको प्रशंसा
2022-10-10 09:27:55CRI
Share with:


चालू वर्ष चीन र अर्जेन्टिना बीचको दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव हुनुका साथै चीन अर्जेन्टिना मैत्री सहयोग वर्ष पनि हो। दुई मुलुकले चालू वर्षको फेब्रअरीमा “बेल्ट एण्ड रोड” को संयुक्त निर्माण सम्बन्धी सहयोगात्मक स्मृति पत्रमा हस्ताक्षर गरेको थियो। “बेल्ट एण्ड रोड” प्रस्तावमा संलग्न ल्याटिन अमेरिकाको पहिलो मुलुक अर्जेन्टिना बनेको छ। हाल चीन-अर्जेन्टिना “बेल्ट एण्ड रोड” सहयोगको उपलब्धि विषयक प्रदर्शनी अर्जेन्टिनाको राष्ट्रिय विज्ञान तथा प्रविधि हलमा आयोजना भइरहेको छ। चालू वर्षको अगष्ट महिनामा शुरु भएदेखि प्रशस्त स्थानीय नागरिकहरुले सो प्रदर्शनीको अवलोकन गरेका छन्। उनीहरुले चीनको “बेल्ट एण्ड रोड” प्रस्ताव र दुई मुलुक बीच “बेल्ट एण्ड रोड” प्रस्तावको प्रारुपमा रहेको सहयोगको प्रशंसा गरेका छन्।

अर्जेन्टिनाका लागि चिनियाँ राजदूतावास, अर्जेन्टिनाको संस्कृति मन्त्रालय, अर्जेन्टिनाको विज्ञान तथा प्रविधि मन्त्रालय र चिनियाँ वाणिज्य संघले चीन-अर्जेन्टिना “बेल्ट एण्ड रोड” सहयोगको उपलब्धि विषयक प्रदर्शनीको आयोजना गरेको हो। सो प्रदर्शनी चालू वर्षको अगष्ट महिनादेखि अक्टोबरसम्म आयोजना हुनेछ। प्रदर्शनीमा बैंकिङ क्षेत्र, कृषि, पूर्वाधार, दुर-सञ्चार, स्वास्थ्य, हरित ऊर्जा, खानी उद्योग र अन्तरिक्ष लगायत ८ प्रदर्शन क्षेत्र समावेश छन्। लेख, फोटो, भिडियो र मोडल लगायत विविध तरिकामार्फत उक्त क्षेत्रहरुको उन्नतशील प्रविधि, चीन- अर्जेन्टिना सहयोगको उपलब्धि र विशाल निहित शक्तिको प्रदर्शन गरिएको छ।

चीन-अर्जेन्टिना “बेल्ट एण्ड रोड” सहयोगको उपलब्धि विषयक प्रदर्शनीको उद्घाटनदेखि धेरै स्थानीय बासिन्दाहरु त्यसको अवलोकन गरेका छन्। स्थानीय बासिन्दाहरुले सो प्रदर्शनीको प्रशंसा गरेका छन्,

यो प्रदर्शनी निकै राम्रो छ, युवायुवतीका लागि राम्रो ज्ञानविज्ञानको प्रसार हो।

यो प्रदर्शनी एकदम रमाइलो छ। अर्जेन्टिनामा चिनियाँ व्यवसायका यति धेरै परियोजनाहरु होला भनेर मैले सोचेको थिइन। मलाई चिनियाँ अन्तरिक्ष स्टेशन, उप-ग्रह र मोबाइल प्रदर्शन अति रमाइलो लाग्छ।

यो प्रदर्शनीको मेरो मनमा गहिरो छाप परेको छ। म अरुलाई यहाँ अवलोकन गर्न सिफारिश गर्ने छु।

धेरै दर्शकहरु चीन र अर्जेन्टिना बीचको सहयोगले अर्जेन्टिनाको विकासलाई अरु बढी अवसर प्रदान गर्ने व्यक्त गर्छन्,

उत्पादन क्षेत्रमा रहेको सहयोग निकै महत्वपूर्ण छ, विशेष गरी अर्जेन्टिनाका लागि अरु बढी रोजगारी प्रदान गरिने छ। दुई देश बीचको सहयोग अघि बढ्ने क्रममा अर्जेन्टिना र चीन बीचको सम्बन्ध पनि अरु गहन हुँदै जाने छ। 

केही वर्षयता अर्जेन्टिनामा रहेका चिनियाँ व्यवसायीहरुले “बेल्ट एण्ड रोड” को संयुक्त निर्माण गर्ने सिद्धान्तको पालना गर्दै अर्जेन्टिनाका साझेदारीहरुसँग मिलेर धेरै क्षेत्रमा उपलब्धि हासिल गर्दै आएका छन्। यसका साथै चिनियाँ व्यवसायीहरुले सक्रियताका साथ सामाजिक जिम्मेवारी वहन गरी दुई देश बीच महामारीको प्रतिरोध सम्बन्धी सहयोग, सांस्कृतिक आदान-प्रदान, व्यक्तिगत तालिम र विज्ञानको प्रसार लगायत क्षेत्रमा भाग लिएर चीन-अर्जेन्टिना सर्वतोमुखी रणनीतिक साझेदारी सम्बन्धको विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याएका छन्। अर्जेन्टिनाका संस्कृति मन्त्री ट्रिस्तान बोवेल यस पटकको प्रदर्शनीले दुई देशका जनता बीचको मनलाई नजिक बनाएको बताउँदै “बेल्ट एण्ड रोड” को प्रारुपमा दुई देशले अरु बढी क्षेत्रमा गहिरो सहयोग र आदान-प्रदान गर्नसक्ने आशा आफूले लिएको बताउनुभयो।

यहाँ यो प्रदर्शनीको आयोजना भएकोमा मलाई धेरै खुसी लागेको छ। यसले दुई देशका जनता बीचको मनलाई अझ नजिक बनाउने छ। केही वर्षयता हामीले विज्ञान तथा प्रविधि क्षेत्रमा चीनले प्राप्त गरेको ठूलो उपलब्धि र हामी दुई मुलुक बीचको सहयोगमा रहेको ठूलो निहित शक्ति देखेका छौँ। महामारीको अवधिमा चीनले हामीलाई प्रदान गरेको सघाउप्रति हामी धन्यवाद दिन चाहन्छौँ।