अष्ट्रियाको राष्ट्रपतिमा पुन:नियुक्त भएकोमा बेलेनलाई चिनियाँ राष्ट्राध्यक्ष सीको बधाई
2022-10-10 18:49:21CRI
Share with:

      चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अलेक्जेन्डर भान डेर बेलेनलाई अष्ट्रियाको राष्ट्रपतिमा पुनःनियुक्त हुनु भएकोमा हार्दिक बधाई सन्देश पठाउनुभएको छ।

 

चीन र अष्ट्रियाबीचको सम्बन्धलाई निकै जोड दिँदै राष्ट्राध्यक्ष सीले राष्ट्रपति बेलेनसँग यी दुबै मुलुकबीचको असल रणनीतिक साझेदारी सम्बन्धको विकासलाई प्रवर्द्धन गर्दै जाने आशा  प्रकट गर्नुभएको छ।