वाशिंगटनको एकाधिकारले अर्को प्रहार गर्यो
2022-10-10 20:39:40CRI
Share with:

‘ओपेक प्लस’ले हालै नोभेम्बरदेखि कच्चा तेलको उत्पादन प्रति दिन २० लाख ब्यारेलले कटौती गर्ने निर्णय गरेको छ। तर यो निर्णयले अमेरिकालाई क्रूध्द बनाएको छ। सुरुमा बाइडेन प्रशासनले मध्य पूर्वका प्रमुख तेल उत्पादक देशहरूले तेलको मूल्य नियन्त्रण गर्न र अमेरिकालाई मुद्रास्फीति नियन्त्रण गर्न सघाउने ध्येयले उत्पादन बढाउने आशा राखेको थियो, तर यो उल्टो भयो। क्यापिटल हिलले टिप्पणी गरेको छ, पेक प्लसको निर्णयले बाइडेनलाई विदेश नीतिको सन्दर्भमा झट्का दिएको छ।

 

किन ओपेक प्लसले उत्पादन कटौती गर्ने निर्णय गर्यो? विश्लेषकहरूले औंल्याएका छन्, तेलको मूल्य साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स जस्ता ओपेक प्लसदेशहरूको जीवन रक्त हो र उत्पादन कटौती गर्ने निर्णय उनीहरूको आफ्नै आर्थिक स्वार्थमा आधारित छ। महिनौंदेखि, अमेरिकी सरकारी अधिकारीहरू आन्तरिक र विदेशी विषयमा सक्रिय छन्, उर्जाको बढ्दो मूल्यलाई नियन्त्रण गर्न र मध्यावधि चुनाव अघि उच्च मुद्रास्फीतिलाई नियन्त्रण गर्न प्रयास गरिरहेका छन्। यद्यपि, उत्पादन कटौती गर्ने ओपेक प्लसको निर्णयले तिनीहरूका अघिल्लो प्रयासहरू निष्फल तुल्याउँदै डेमोक्र्याटिक पार्टीको चुनावी समस्या बढाउने संभावना छ।

अमेरिकाले जुनसुकै तरिका अपनाए पनि खाडी देशहरू अब अमेरिकाको आज्ञापालन गर्न इच्छुक छैनन् र आफ्नो स्वार्थको रक्षा गर्न कटिबद्ध छन्। ओपेक प्लसको तेल उत्पादन कटौतीको निर्णयको घोषणापछि, अमेरिकाका केही व्यक्तिहरूले प्रतिकार गर्ने धम्की दिएका छन्। केही सांसदहरूले खाडी देशहरू विरुद्ध बदला लिने प्रयास गर्न बिललाई अगाडि बढाउन थालेका छन्। यसले अमेरिकी शब्दकोशमा "सहयोगी" शब्दको साँचो अर्थलाई थप उजागर गर्दछ।

 

सहयोगीहरूले निःसर्त आज्ञाकारी हुनुपर्छ, अन्यथा अमेरिकाले प्रतिबन्धको छडी चलाउनेछ। सीएनएनले ९ तारिख एक टिप्पणी जारी गर्दै उत्पादन कटौती गर्ने ओपेक प्लसको निर्णयले अमेरिकालाई चोट पुर्याएको छ तर अमेरिकाले यी देशहरूको आफ्नै राष्ट्रिय हित र रणनीतिहरू छन् र अमेरिकामा आवद्ध छैनन् भन्ने कुरा स्वीकार गर्नुपर्छ।