दश वर्षयता तिब्बतमा दूर्लभ जङ्गली जनावरमा वृद्धि
2022-10-11 10:05:40cri
Share with:

सन् २०२२ अक्टोबर १० तारिख तिब्बत स्वायत्त प्रदेशले “तिब्बतको दश वर्ष” सम्बन्धी २७औँ पत्रकार सम्मेलनको आयोजना गरेको छ। तिब्बत स्वायत्त प्रदेशको पर्यावरण तथा वातावरण विभागका प्रवक्ता श्वै यानफिङले चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनयता केन्द्रीय सरकारले जम्मा १२ अर्ब ७० करोड चिनियाँ युआन लगाई “तिब्बतको पर्यावरणीय सुरक्षा घेराको संरक्षण तथा निर्माण परियोजना”को गहन रुपमा कार्यान्वयन गरेको तथा वृक्षारोपन परियोजनाको कार्यान्वयन गरेको बताउनुभएको छ।

तिब्बतको वनस्पति ढाकिने दर बढेर १२.३१ प्रतिशत तथा घाँसेमैदान ढाकिने दर ४७.१४ प्रतिशत पुगेको छ। यसबाहेक ८१ वटा प्राकृतिक आरक्षण क्षेत्र सामन्जस्यता गरिएको छ र दुर्लभ जङ्गली जनावरको संख्यामा वृद्धि भएको पनि प्रवक्ता श्वैले बताउनुभएको छ।

प्रवक्ता श्वैकाअनुसार, हालैका वर्षहरूमा तिब्बतका ७ क्षेत्रको वायु गुणस्तर राम्रो भएको छ जुन ९९ प्रतिशतभन्दा बढी रहेको छ। तिब्बतको पर्यावारणीय वातावरण निरन्तर रुपमा राम्रो अवस्थामा रहेको छ।