स्वै तथा थाङ राजवंश-2
2022-10-11 09:18:36CRI
Share with:

स्वै तथा थाङ राजवंश कालमा नियम-कानूनको निर्माण क्षेत्रमा धेरै उपलब्धि हासिल गरिएको थियो। जस्तो “तीनटा प्रान्त, छ वटा मन्त्रालय प्रणाली, नयाँ अधिकारी छान्ने प्रणाली तथा दुइ किसिमको कर बुझाउने प्रणाली आदि। ती कानून तथा नियमले पछिका दिनहरुमा ठूलो असर पारेका देखिन्छ। स्वै तथा थाङ राजवंशमा खुला वैदेशिक नीति लागू भएको थियो। थाङ तथा अरु देश बीचको आर्थिक तथा साँस्कृतिक आदान-प्रदानमा लगातार वृद्धि भएको थियो। साहित्य क्षेत्रमा थाङ शैलीका कविता क्षेत्रमा निकै ठूलो उपलब्धि हासिल भएको थियो। थाङ राजवंशको शुरुमा छन च याङ, पछिका ली पाइ, तु फु, पाइ च्यु यी, युआन शन, पछिल्ला कालका ली शाङ यीन, तु मु आदि प्रसिद्ध कविहरु देखा परे। हान यु, वाङ वैले लेख लेख्ने शैलीमा सुधार सम्बन्धी आन्दोलन गरे। यस आन्दोलनले पछिका लागि निकै प्रभाव पारेको छ। यान चन छीङको लिपी, यान ली पन, ऊ च ताउ, ली स स्युन, वाङ वैको चित्र, “नी शाङ यु यी उ” भन्ने नाच-गान एवम् धेरै ढुंगे गुफा कला लोकप्रिय छन्। वैज्ञानिक क्षेत्रमा विकासको कुरा गर्दा चीनमा त्यसै बेला छाप्ने प्रविधि तथा विस्फोटक वस्तुको सिर्जना गरिएको थियो।

थाङ राजवंशको पछिल्ला शासन कालमा राजनीतिक क्षेत्रमा निकै नराम्रो अवस्था देखापर्‍यो। नौ ली नामका दुइवटा पार्टी बीचको संघर्ष, राजदरबारमा नशच्छेदन गरी नपुंसक बनाइएका पुरुषहरुले अधिकार आफ्नो हातमा लिएको घटना, किसानहरुको लगातारको विद्रोह त्यति बेलाका सामान्य घटना थिए। अन्तमा ह्वाङ छयाउ विद्रोह शुरु भयो। विद्रोहीका नेताहरुमध्येका चु वनले थाङ राजवंश समक्ष आत्मसमर्पण गरी पछि थाङ राजवंशका राजा बने। त्यसपछि उ दाइ राजवंश को पहिलो देश- हौ ल्याङ स्थापित भयो।