थ्यानकोङ कक्षाको तेस्रो पाठ अक्टोबर १२ बाट गरिने
2022-10-11 15:57:23CRI
Share with:

अन्तरिक्षबाट गरिने थ्यानकोङ कक्षाको तेस्रो पाठ पैचिङ समय अनुसार अक्टोबर १२ तारिख दिउँसो पौने ४ बजे सुरू हुने भएको छ। शनचौ १४ नम्बर उडान समूहका सदस्य अन्तरिक्षयात्रीहरू छन तुङ, लीउ याङ र छाइ स्युचले किशोर किशोरीहरूकालागि अन्तरिक्ष पाठ पढाउनु हुनेछ। उक्त जानकारी अक्टोबर ११ तारिख चीन मानवसहितको अन्तरिक्ष उडान परियोजना कार्यालयबाट प्राप्त भएको हो।

यस पाठमा अन्तरिक्ष तथा पृथ्वी बीचको अन्तर्क्रियामा ३ जना चिनियाँ अन्तरिक्षयात्रीहरूले अन्तरिक्ष स्टेशनमा काम गर्ने र जीवन बिताउने दृश्य देखाउनुका साथै अन्तरिक्षमा केही प्रयोग पनि गर्नुहुने छ। जसबाट मानवरहित अन्तरिक्ष उडान सम्बद्ध ज्ञान विज्ञान फैलाउँदै व्यापक किशोर किशोरीहरूको विज्ञानप्रतिको चासोलाई बढाउने आशा पनि गरिएको छ।