चीनभरि लगभग ६० प्रतिशत शरद बाली भित्र्याइएको
2022-10-11 10:25:09cri
Share with:

चीनको कृषि तथा ग्रामिण मामिला मन्त्रालयको तथ्याङ्क अनुसार, हालै चीनभरि लगभग ६० प्रतिशत शरद बाली भित्र्याइएको छ। विभिन्न मुख्य उत्पादन क्षेत्रमा किसानहरू मेशिनबाट अन्न भित्र्याउन व्यस्त छन्। 

चीनको हैलौङच्याङ प्रान्तमा, २४० हेक्टरको धान भित्र्याउँदै छ। यस वर्ष यहाँका सबै धान काट्ने मेशिनमा पैतौ नेभिगेसन राखिएर पहिलेभन्दा अझ सही रूपमा काम भएको छ। त्यसैले बाली भित्र्याउँदा नोक्सानी कम भएको छ। 

च्याङ सी प्रान्तमा यस वर्षको ग्रीष्म ऋतुमा गम्भीर खडेरी भएकोले सम्पूर्ण सिँचाई प्रणालीमा निरन्तर २४ घण्टा पानी पठाइएर धानको उत्पादन मात्राको प्रत्याभूति गरिएको छ। 

च्याङ सु प्रान्तमा २२ लाख हेक्टर जमिनको धान भित्र्याउने काम शुरू भएको छ। प्रान्तमा ४८९ वटा कृषि मेशिन सेवा टोली संगठित गरेर किसानलाई बाली भित्र्याउन सहयोग गर्दै आएका छन्।