विश्व विकास प्रस्ताव के हो?
2022-10-12 14:47:30cri
Share with:

सन् २०२१ को सेप्टेम्बर २१ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले ७६औँ संयुक्त राष्ट्र संघ महाधिवेशनको सामान्य बहसमा विश्व विकास प्रस्ताव प्रस्तुत गर्नुभएको हो। जसमा अन्तर्राष्ट्रिय समाजला पुनः विकास मामिलामा ध्यान दिएर संयुक्त विकास र समृद्ध पार्न आह्वान गरिएको छ। 

विश्व विकास प्रस्तावको मुख्य विषय विकासला प्राथमिकतामा राखेर जन केन्द्रित रहेर विशेष गरी गरिबी न्यूनीकरण, खाद्यान्नको सुरक्षा, महामारीको प्रतिरोध र भ्याक्सिन, जलवायु परिवर्तन, डिजिटल अर्थतन्त्र आदि क्षेत्रको सहयोगलाई अघि बढाउने रहेका छन्। हालै विश्वव्यापी रूपमा ७० मुलुकका १ अर्ब २० करोड मानिससमक्ष महामारी, खाद्यान्न र र्जास्रोतको अभाव तथा गहिरो संकट आदि देखिएको छ। लगभग ८० करोड जनसंख्या भोकमरीमा छन्। 

सन् २०२२ विश्व आर्थिक मञ्चमा चीनका राष्ट्राध्यक्ष सीले पुनः जोड दिँदै यस प्रस्तावला विश्वतिर खुला गरेको हो। चीनले विभिन्न पक्षसँग संयुक्त रूपमा प्रस्तावला साकार तुल्याउन प्रयास गरी विश्वका सबै देशला समेट्ने कुरा व्यक्त गर्नुभएको छ।