पर्यावरण राम्रो र पशुपालक धनी हुन मेरो प्रारम्भिक इच्छा- २०औं महाधिवेशनका प्रतिनिधि थिङ पाटेर #अल्पसंख्यकजाति#
2022-10-12 09:17:54CRI
Share with:

अक्टोबर १६ तारिखदेखि चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन सुरू हुनेछ। चीनभरि३८ निर्वाचन एकाइबाट छुट्टा-छुट्टै रूपमा २२९६जना प्रतिनिधि चयन गरेका छन्। यी जनप्रतिनिधिहरूमध्ये उत्पादनको अग्रपंक्तिमा प्रतिनिधित्वको अनुपात सुनिश्चित गरिएको छ, महिला प्रतिनिधिको संख्या बढेको छ, अल्पसंख्यक जातीय प्रतिनिधिको अनुपात स्थिर राखिएको छ। 

शरद ऋतु घाँस भित्र्याउने समय हो। घाँसे मैदानमा पशुपालकहरू काम गर्न व्यस्त छन्। चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनका प्रतिनिधि एवम् भित्री मंगोलिया स्वायत्त प्रदेशीय हुङ्गरगौल बस्तिको पशुपालक एवम् स्थानीय पार्टी समितिका भूतपूर्व सचिव थिङ पाटेर छिटै उठेर मेशिन चलाएर घाँस भित्र्याउनुभएको छ।

“काटेका घाँस हिउँदमा पशुहरू खुवाउनेछ। जसबाट श्रमलाई कम पार्नेछ।” “आगामी वर्ष घाँसको बीउबाट अझ बढी नयाँ घाँसको विकास हुनेछ। यो घाँसे मैदानको पर्यावरणका लागि सहयोगी छ।” थिङ पाटेरले व्यस्त रूपमा कार्य गरेर अरू पशुपालकलाई यसरी भन्नुभयो। 

थिङ पाटेर सन् १९५५ भित्री मंगोलियाको सदरमुकाम हुहहाउटेमा जन्मिनुभएको हो र सन् १९७५ उच्च माध्यमिक विद्यालयबाट स्नातक भएपछि उहाँले सारूलाथुयागा नामक ठाउँमा काम गर्न थाल्नुभयो। 

मंगोलिया जातीय भाषामा सारूलाथुयागाको अर्थ उज्यालो घाम हो। तर थिङ पाटेरको सम्झनामा तत्काल त्यहाँको जीवन उज्यालो थिएन। पशुपालकहरू पुरानो र फोहोरयुक्त मंगोलियन शैलीको घरमा बस्थे। धेरै मान्छेको घरमा सिरक र डसना थिएन। 

“यिनीहरूले सबैभन्दा राम्रो खाद्यान्न शहरबाट आएका हामीलाई दिएका थिए। रातमा जाडो नहोस् भनेर आफ्नो लुगा पनि हामीलाई दिएका थिए।” थिङ पाटेरले सम्झदैं भन्नुभयो। त्यसैले क्रमशः उनीहरूलाई राम्रो जीवन बिताउन सहयोग गर्ने इच्छा बढेको छ। 

युवा थिङ पाटेरले पशुपालकबाट पशुपालन, घाँस भित्र्याउने भेडाको ऊन काट्ने आदि सिप सिक्नुभयो। मेहनत,सिक्न र विचार गर्न मन पराएको हुनाले २१ वर्षीय थिङ पाटेर गौरवपूर्ण चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य बन्नुभयो।  

सन् १९९३ थिङ पाटेर पार्टीको गाछा शाखाको सचिव बनेपछि “मोबाइल भेडासमूह योजना”बाट पशुपालकको आम्दानी बढाउनुभएको छ। सन् २००३ उहाँको नेतृत्वमा गरिबी निवारण कम्पनीको स्थापना भयो। त्यसपछिको दशौं वर्षमा उक्त कम्पनीले आयद्वारा विश्वविद्यालयमा भर्ना भएका पशुपालकका छोराछोरीलाई पूरस्कार दिएको, घरआवासको निर्माण गर्ने पशुपालकलाई भत्ता दिएको र हरेक पशुपालकका लागि चिकित्सा बिमा तिरेको छ 

स्वच्छ पानी र हरियो पहाड सुन र चाँदी हुन्। उहाँको नेतृत्वमा वृक्षारोपण र विभिन्न घाँसे मैदानमा नियमित रूपमा पशुपालन गरेर स्थानीय पर्यावरणको सुधार गर्नुभएको छ। 

“उहाँले नेतृत्व गरेर हाम्रो सिकाइ उपलब्धिमूलक छ। हाल प्रत्यक साल मेरो परिवारको आम्दानी ३ लाख युआनभन्दा बढी छ। उहाँको नेतृत्वमा हामी राम्रो जीवन बिताउँदैछौं।” स्थानीय पशुपालक युनल्याङले खुशीयाली रूपमा भने। 

 “पार्टीको २० औं महाधिवेशनको प्रतिनिधिको हैसियतमा मेरो जिम्मेवारी महत्वपूर्ण छ।” थिङ पाटेरलेले व्यक्त गर्नुभयो। उहाँले निरन्तर रूपमा पर्यावरणको सुरक्षा र ग्रामीण क्षेत्रको पुनर्त्थानमा प्रयास गर्ने कुरा भन्दै “सर्वसाधारणसँगसँगै घाँसे मैदानको सुरक्षा र राम्रो जीवन बिताउने छौं। मैले प्रारम्भिक इच्छा परिवर्तन नगर्ने र निरन्तर प्रयास गर्नेछु।” भन्ने कुरा बताउनुभयो।