चिनियाँ कम्युनिष्ट पार्टी १९औँ केन्द्रीय समितिको सातौं पूर्ण बैठकको विज्ञप्ति
2022-10-12 18:42:06CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ केन्द्रीय समितिको सातौं पूर्ण अधिवेशन सन् 2022को अक्टोबर 9 तारिखदेखि 12 तारिखसम्म पैचिङमा आयोजना भयो। बैठकला पार्टीको केन्द्रीय समितिको राजनैतिक व्यूरोले सञ्चालन गर्दै आएको छ। केन्द्रीय समितिका महासचिव सी चिन फिङले महत्वपूर्ण भाषण दिनुभयो।

 

पूर्ण बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको 20औँ महाधिवेशन सन् 2022 अक्टोबर 16 तारिख पैचिङमा आयोजना गर्ने निर्णय गरेको छ।

 

पूर्ण बैठकले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोले तयार गरेको सी चिन फिङको कार्य प्रतिवेदनमाथि छलफल गरेको थियो। पूर्ण बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको 20औँ महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीको 19औं केन्द्रीय समितिको प्रतिवेदनलाछलफलपछि अनुमोदन गरेको छ। सी चिन फिङले चिनियाँ कम्युनिष्ट पार्टीको 20औँ महाधिवेशनलाई चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ केन्द्रीय समितिको प्रतिवेदनको छलफलको मस्यौदाको पूर्ण बैठकमा व्याख्या गर्नुभयो।

 

पूर्ण बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ केन्द्रीय समितिको छैटौं पूर्ण बैठकदेखि केन्द्रीय समितिको राजनीतिक ब्यूरोको कामलाई पूर्ण रूपमा पुष्टि गरेको छ। पूर्ण बैठकले चिनियाँ कम्युनिष्ट पार्टीको 19औँ महाधिवेशनपछिको पाँच वर्षको कार्यको सार प्रस्तुत गरेको थियो।