चीनको गरिब क्षेत्रका किसानको आम्दानीमा निरन्तर र तीव्र रुपमा वृद्धि
2022-10-12 10:21:05cri
Share with:

चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरोले अक्टोबर ११ तारिख सार्वजनिक गरेको प्रतिवेदनअनुसार, चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनयता चीनको ग्रामीण क्षेत्रका गरिब जनसंख्या पूर्ण रुपमा गरिबीबाट मुक्त भएका छन्। साथै गरिब क्षेत्रका किसानको आम्दानी निरन्तर र तीव्र रुपमा वृद्धि भएको तथा किसानको जीवन गुणस्तर निरन्तर रुपमा उकासिएको छ।

सन् २०१३ देखि सन् २०२० सम्म गरिब क्षेत्रका किसानको प्रति व्यक्तिको आम्दानीमा हरेक वर्ष औसतमा ११.६ प्रतिशतले वृद्धि भएको थियो। सन् २०२०मा गरिब क्षेत्रका किसानको प्रति व्यक्तिको आम्दानी १२ हजार ४ सय २० चिनियाँ युआन पुगेको थियो।

गरिबीबाट मुक्त भएपछि गरिब क्षेत्रका किसानको जीवन गुणस्तर निरन्तर रुपमा उकासिएको छ। सन् २०२१मा गरिब जिल्लाका किसानको प्रति व्यक्तिको आम्दानी १२ हजार ५१ चिनियाँ युआन पुगेको छ जुन सन् २०२०को तुलनामा ११.६ प्रतिशतले वृद्धि भएको छ।