दक्षिण अफ्रिकाको स्याउ चीनमा लोकप्रिय
2022-10-13 09:00:05CRI
Share with:

हाल केही वर्षयता दक्षिण अफ्रिका आदि राष्ट्रहरुबाट आयातित स्याउ चीनको बजारमा झन झन बढी लोकप्रिय बन्दै गएको छ। चीनको भन्सार मुख्यालयको सम्बन्धित तथ्याङ्कअनुसार सन्२०२१ मा दक्षिण अफ्रिका नै चीनका लागि स्याउ निर्यात गर्ने दोस्रो ठूलो मुलुक बनेको छ। दक्षिण अफ्रिकी स्याउ व्यवसायीहरुले चीनको बजारको सँचिति शक्तिप्रति आशावादी हुँदै चीनका लागि अझ बढी उत्कृष्ट कृषि उत्पादित वस्तु पठाउने आशा गरेका छन्।

दक्षिण अफ्रिकाको पश्चिमी केप राज्य यस राष्ट्रको मुख्य स्याउ उत्पादन क्षेत्र हो। यस क्षेत्रको स्याउ बगैंचाहरू संसारमा भूमध्यरेखाको सबैभन्दा नजिकको स्याउ उत्पादन क्षेत्रहरूमध्ये एक हो, र यी न्यानो अवस्थामा बढेको स्याउको बाहिरी आकार र स्वाद अद्वितीय हुन्छ। चीनमा लोकप्रिय बन्दै गएको यस स्याउले दक्षिण अफ्रिका र चीनबीचको फलफूल व्यापार विकासलाई प्रवर्द्धन गरेको छ।

दक्षिण अफ्रिकाबाट चीनमा निर्यात हुने स्याउ मुख्यतया गाला र फुजी जातका हुन्छन्। दक्षिण अफ्रिकामा स्याउ फसलको सिजन चीनको विपरीत छ। हरेक वर्ष जनवरीदेखि मेसम्म दक्षिण अफ्रिकी स्याउ टिप्ने सिजन हो।चिनियाँ बजारमा दक्षिण अफ्रिकी स्याउहरू एकपछि अर्को गर्दै आउँदैछन् र जुनमा आपूर्तिको मात्रा शिखरमा पुग्ने गर्छ। सन् २०१५ मा दक्षिण अफ्रिकी स्याउले चिनियाँ बजारमा पहुँच प्राप्त गरेदेखि चीनतर्फ दक्षिण अफ्रिकी स्याउको निर्यात तीव्र गतिमा बढेको छ। सन्२०२१ दक्षिण अफ्रिकाले चीनलाई १२हजार ३सय टन स्याउ निर्यात गरेको छ भने सन्२०२०को तुलनामा ६४प्रतिशतले बढेको छ। यस वर्ष चीनमा दक्षिण अफ्रिकाको स्याउ निर्यातले बलियो वृद्धि भएको छ। दक्षिण अफ्रिकी एप्पल र नाशपाती उद्योग संघको व्यापार तथा बजार विभागका प्रमुख ज्याक प्रेजका अनुसार यस वर्ष चीनका लागि दक्षिण अफ्रिकी स्याउको निर्यात मात्रा पहिलो पटक दश लाख बक्सभन्दा बढी पुगेको छ।

दक्षिण अफ्रिकाका सामु उच्च बेरोजगार दर देखापरेको छ। कृषि तथा कृषि उत्पदित बस्तु दक्षिण अफ्रिकाको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका सिर्जना गर्दछ। दक्षिण अफ्रिकाका फलफूल निर्यातकर्ताहरूले चिनियाँ बजारप्रति धेरै आशावादी लिँदै चीनसँग अझ घनिष्ट व्यापारिक आदानप्रदान गर्ने आशा गरेका छन्। गत वर्षको अन्तमा दक्षिण अफ्रिका र चीनले नाशपाती निर्यात प्रोटोकलको हस्ताक्षर गरेको छ जसबाट दक्षिण अफ्रिकाले इतिहासमा पहिलो पटक चीनमा नाशपाती निर्यात गर्न सक्ने भावार्थ छ।