अमेरिकाले चीनविरुद्धको असफल भन्सार कर युद्धबाट पाठ सिक्नुपर्छ
2022-10-13 20:19:55CRI
Share with:

चीन विरुद्ध भन्सार कर आर्थिक, राजनीतिक र कानुनी रूपमा असफल भएको छ, अमेरिकाको क्यापिटल हिलले हालै एक लेख प्रकाशित गरी अमेरिकाले चीनसँगको व्यापार युद्ध हारेको स्वीकार गरेको छ। वास्तवमा, यो सुरुदेखि एक विनाशकारी परिणाम थियो।

 

सन् २०१८ को मार्चमा तत्कालीन अमेरिकी ट्रम्प प्रशासनले तथाकथित सेक्सन ३०१ अनुसन्धानको आधारमा चीनसँग व्यापार युद्धलाई उक्साएको थियो। अमेरिकामा निर्यात हुने लगभग ३ खर्ब ६० अर्ब अमेरिकी डलरको चिनियाँ सामानहरूमा क्रमशः उच्च शुल्क लगाएको थियो। बाइडेन प्रशासनले सन् २०२१ को जनवरीमा पदभार ग्रहण गरेपछि यसले चीनलक्षित अघिल्लो प्रशासनको भन्सार कर नीतिलाई जारी राख्यो। तर तथ्याङ्कले चार वर्षभन्दा बढी समयदेखि चलेको भन्सार कर युद्धले आफैलाई खुट्टामा गोली हान्नलागेको देखाउँछ।

 

आर्थिक डेटा सबैभन्दा सहज अभिव्यक्ति हो। मुडीजको अनुसन्धानले देखाएको छ कि चीनसँगको अमेरिकी व्यापार युद्धमा करको ९० प्रतिशतभन्दा बढी खर्च अमेरिकाले वहन गरेको छ। त्यति मात्र होइन, अमेरिकी वाणिज्य विभागका अनुसार सन् २०२१ मा चीनसँगको व्यापारमा अमेरिकी व्यापार घाटा १४.५ प्रतिशतले बढेर ३ खर्ब ५५ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ, जुन सन् २०१८ पछिको नयाँ उचाइ हो। अर्को सान्दर्भिक अध्ययनले देखाउँछ कि चीनसँगको व्यापार युद्धले अमेरिकी कम्पनीहरूलाई बजार मूल्यमा १७ खर्बको हानि, लगभग २० लाख ५० हजार जागिरहरू र प्रति परिवार लगभग १ हजार ३ सय औसत वार्षिक वृद्धि गुमाएको छ। सिंगापुरका लागि पूर्व अमेरिकी राजदूत डेभिड एडेलम्यानले औंल्याउनु भयो कि व्यापार युद्धले चिनियाँ अर्थतन्त्रमा नकारात्मक असर मात्र पारेको छैन, तर यसले अमेरिकी अर्थतन्त्रलाई चोट पुर्याएको छ।यो सँगै अमेरिकाको राजनीतिक गणना पनि खेर गएको छ। कानूनी पक्षको लागि अमेरिकी पक्षलाई पनि प्रश्न गरिएको छ।

 

चीन विरुद्ध अमेरिकी भन्सार कर युद्धको असफलताको पाठ धेरै गहिरो छ भन्ने कुरामा कुनै शंका छैन। तर कसरी पाठ सिक्ने वाशिंगटन राजनीतिज्ञहरूको बुद्धिको परीक्षा हुनेछ। आर्थिक सामान्य ज्ञान र बजार कानून विपरीत जाने लापरवाहीपूर्ण काम गर्दैन। चीन-अमेरिका सहयोगको प्रकृति आपसी हितमा छ, प्रशासनिक शक्तिले आर्थिक कानुनलाई बलपूर्वक परिवर्तन गर्ने प्रयास गर्नु बेकार छ। अमेरिकी पक्षले चीनको विकासलाई सही ढंगले हेर्नुपर्छ। चीन र अमेरिकाबीचको सहकार्यले दुवैलाई फाइदा छ भने टकरावले दुवैलाई हानि पुल्याउनेछयो बारम्बार प्रमाणित भएको सत्य हो ।