हु पै प्रान्तको चि क्वी जिल्लामा जहाज प्रदूषकहरूको शून्य उत्सर्जन
2022-10-13 19:56:42CRI
Share with:

     त्रिघाटीको माथिलो भागमा पर्ने हु पै प्रान्तको चि क्वी जिल्लामा औसत प्रतिदिन लगभग ५००जहाजले यात्रा गर्दछन्। यस क्षेत्रका सामु घरेलु फोहोर, तेलयुक्त ढल लगायत जहाज प्रदूषणको समस्या देखापरेको थियो। यस समस्याको समाधान गर्नका लागि ६करोड १४लाख २० हजार चिनियाँ युआनको लगानी गरिएको छ। हाल यस क्षेत्रमा जहाज प्रदूषकको ढुवानी र व्यवस्थापन संयन्त्र स्थापना गरिएको छ। जहाज प्रदूषकहरूको शून्य उत्सर्जनला साकार तुल्याइएको छ।