चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको प्रतिवेदन सम्बन्धमा विभिन्न पार्टीका प्रतिनिधिबाट मत सङ्कलन
2022-10-13 15:37:57cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिले गत अगस्ट ३१ तारिख पैचिङमा अरू विभिन्न पार्टीका प्रतिनिधिहरूसँग एउटा गोष्ठीको आयोजना गरेर चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको प्रतिवेदन सम्बन्धमा चीनका विभिन्न लोकतान्त्रिक पार्टी, चीन राष्ट्रिय उद्योग वाणिज्य संघ तथा निर्दलीय व्यक्तिहरूबाट मत सङ्कलन गरिएको थियो। 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त गोष्ठीको अध्यक्षता गर्दै सम्बोधन पनि गर्नुभएको थियो।

गोष्ठीमा चिनियाँ कम्युनिष्ट पार्टी तथा विभिन्न लोकतान्त्रिक पार्टीले सहयोगलाई सबल पारेर विभिन्न स्तर तथा विभिन्न पक्षका शक्तिला एकत्र पारी सारा समाज सारा जातिको सक्रियता र सिर्जनालाई सदुपयोग गरी पूर्ण रूपमा समाजवादी आधुनिक चीनको निर्माण गर्ने र सम्पूर्ण चीन राष्ट्रको महान पुनरूत्थानको प्रयास गर्न राष्ट्राध्यक्ष सीले ह्वान गर्नुभएको थियो।

गोष्ठीमा राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको प्रतिवेदनको मसौदा के कसरी लेखिएको बारेमा क्रमबद्ध रूपमा जानकारी दिनुहुँदै विविध पार्टीका प्रतिनिधिहरूला उक्त प्रतिवेदन सम्बन्धमा आफ्ना विचार राख्न ग्रह गर्नुभएको थियो।