"चीनसँग व्यापार गर्ने" अधिक उद्यमहरूको छनौट
2022-10-13 08:07:37CRI
Share with:

भर्खरै बर्लिन मेकानिकल इन्जिनियरिङ शिखर सम्मेलनमा चीनसँग व्यापार कायम राख्ने एक तातो विषय भयो। जर्मन चान्सलर स्कोल्जले फेरि एक पटक भूमण्डलीकरणलाई समर्थन गर्दै चीन लगायत धेरै देशहरूसँग व्यापार गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो। युरोपेली संघका व्यापार आयुक्त डोम्ब्रोभस्किसले स्पष्ट रूपमा भन्नुभयो कि चीनबाट  अलगिनु युरोपेली संघका कम्पनीहरूको लागि विकल्प होइन, चीन महत्वपूर्ण वृद्धि बजार र आपूर्तिको स्रोत हो।

 

चीनसँगको व्यापार धेरै भन्दा धेरै उद्यमहरूको रोजाइ बन्नुको कारण विश्व बजार र विश्व कारखानाको रूपमा चीनको हैसियत दुई महत्वपूर्ण कारक हुनु हो। चिनियाँ बजार कति ठूलो छ? ११४० खर्ब चिनियाँ युआनको कुल आर्थिक मात्रा र १ अर्ब ४० करोड भन्दा बढी उपभोक्ताहरूको साथ, यो विश्वको दोस्रो ठूलो उपभोग बजार भएको छ भने उपभोगको स्तरवृद्धि प्रवृत्ति पनि स्पष्ट छ। यसले चिनियाँ जनताको जीवनस्तरमा मात्र सुधार गर्दैन, विश्वभरका देशहरूलाई थप विकासका अवसरहरू पनि प्रदान गर्दछ। एकै समयमा, विश्वव्यापी आपूर्तिको एक महत्वपूर्ण स्रोतको रूपमा चीनको स्थिति अपूरणीय छ।

 

विगतका वर्षहरूमा चीनले जर्मनीलगायत युरोपेली संघका देशहरूसँग राम्रो आर्थिक र व्यापारिक आदानप्रदान कायम गरेको छ। चीन लगातार छ वर्षदेखि विश्वमा जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको छ। जर्मनी युरोपेली संघमा विदेशी लगानी र प्रविधि परिचयको लागि चीनको सबैभन्दा ठूलो स्रोत पनि हो। सन् २०२० देखि लगातार दुई वर्षसम्म चीन यूरोपेली संघको सामानको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ। गत वर्ष चीन र युरोपेली संघबीचको कुल आयात र निर्यातको मात्रा पहिलो पटक ८ खर्ब अमेरिकी डलर नाघेको छ। यी तथ्याङ्कहरूले चीन-युरोपेली संघको आर्थिक तथा व्यापारिक सहयोगले दुवै पक्षको विकासमा सकारात्मक सहयोग पुर्याएको र पारस्परिक लाभ तथा जीतको परिणामको यो गतिलाई लामो समयसम्म कायम राख्नुपर्ने देखाउँछ।

 

दीर्घकालीन रूपमा चीनको आफ्नै विकासको सम्भावना निश्चित छ, सुधार र खुलापनका लागि चीनको दृढ संकल्प निश्चित छ र अन्य देशहरूसँगको आर्थिक र व्यापारिक सहयोगलाई निरन्तरता दिने चीनको दृष्टिकोण पनि निश्चित छ।