“बेल्ट एण्ड रोड” प्रस्तावले विश्वको साझा विकासलाई अगाडि बढाएको छः अन्तर्राष्ट्रिय क्षेत्रका गण्यमान्य व्यक्तिहरू
2022-10-14 15:27:50cri
Share with:

अन्तर्राष्ट्रिय क्षेत्रका गण्यमान्य व्यक्तिहरूले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीन समृद्ध तथा धनी देश बनेको र जनताको सुखमय जीवनको लक्ष्य साकार तुल्याएको तथा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गर्नुभएको “बेल्ट एण्ड रोड” प्रस्तावले विश्वलाई लाभ दिएको र विश्वको साझा विकासलाई अगाडि बढाएको बताएका छन्।

थाइल्याण्डका भूतपूर्व प्रधानमन्त्री फिनी जारुसोम्बातले चिनियाँ कम्युनिष्ट पार्टीको उत्कृष्ट क्षमता, फराकिलो दृष्टिकोण र दृढ सपना रहेको बताउनुभयो।

कम्बोडियाको जन पार्टीका प्रवक्ता सोक इसानले चीनद्वारा प्रस्तुत गरिएको “बेल्ट एण्ड रोड” को प्रशंसा गर्नुका साथै चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशनको सफलताको कामना गर्नुभयो।

थाइल्याण्डका यातायात मन्त्री साक्सायाम छिड्छोबले चीनले एक ठूलो मुलुकको रूपमा विश्वलाई विकासको स्पष्ट बाटो देखाएको बताउनुभयो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ राष्ट्रिय महाधिवेशनको सफलताको कामना गर्नुभयो।