चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनका सबै तयारी कार्य पूरा
2022-10-15 20:07:35CRI
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको पत्रकार सम्मेलन १५ तारिख पैचिङमा सम्पन्न भएको छ।

 

प्रवक्ता सुन ये लीले २०औँ महाधिवेशनको तयारी र सम्मेलनको एजेण्डा प्रस्तुत गर्नुभएको थियो। सुन ये लीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनले पार्टीको विधान संशोधन गर्ने बताउनुभयो। उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको महाधिवेशनमा पार्टीको सैद्धान्तिक आविष्कार र व्यवहारिक विकासको आवश्यकता अनुरुप पार्टी विधान संशोधन गर्ने अभ्यास भएको बताउनुभयो ।

 

प्रवक्ता सुनले भन्नुभयो, "चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनपछि चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ केन्द्रीय समितिको पहिलो पूर्ण अधिवेशन आयोजना हुनेछ। पहिलो पूर्ण बैठकपछि नयाँ राजनैतिक व्यूरोका स्थायी समितिका सदस्यहरूले चिनियाँ र विदेशी पत्रकारहरूसँग भेटघाट हुनेछ।"

 

प्रवक्ता सुनले चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनको आधारमा २०औँ महाधिवेशनले समग्रमा शक्तिशाली आधुनिक समाजवादी देश निर्माण गर्ने रणनीतिक व्यवस्थाका लागि बृहत् दृष्टिकोण बनाउने आगामी पाँच वर्षमा रणनीतिक कार्यहरू र प्रमुख उपायहरूको तैनाथीमा ध्यान केन्द्रित गर्ने बताउनुभयो।