चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनको पत्रकार सम्मेलन
2022-10-15 18:40:33CRI
Share with:

 

     चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन भोलि १६ तारिख विहान १० बजे पैचिङ्गको जन बृहत सभाभवनमा सुरु हुने छ। चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनको प्रेस प्रवक्ता सुन ये लीले आज आयोजना भएको पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार अक्टोबर १६ देखि २२ तारिखसम्म आयोजना हुने यस सम्मेलनमा २ हजार २ सय ९६ जना पार्टी सदस्यहरुले चीनका ४९० भन्दा बढी तहका पार्टी संगठन र ९ करोड ६० लाख पार्टी सदस्यको तर्फबाट भाग लिने छन्। बीसौँ महाधिवेशनका सबै तयारी काम भइसकेको छ।

 

 

  १०१ वर्षको इतिहास रहेको चिनियाँ कम्युनिष्ट पार्टीले जनगणतन्त्र चीन स्थापना भएयता ७३ वर्षसम्म निर्बाध रुपमा शासन गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय जन काँग्रेस र यसद्वारा गठित केन्द्रीय समिति चिनियाँ कम्युनिष्ट पार्टीका सर्वोच्च प्रमुख विभाग हुन्। प्रत्येक पाँच वर्षमा आयोजना हुने महाधिवेशनमा पार्टी प्रतिनिधिहरुले गत खेपको केन्द्रीय समितिको प्रतिवेदन र केन्द्रीय अनुशासन निरीक्षण आयोगको प्रतिवेदनको जाँचबुझ, पार्टी संविधान संशोधन, पार्टीको महत्वपूर्ण समस्यामाथि छलफल, नयाँ केन्द्रीय समिति र केन्द्रीय अनुशासन निरीक्षण आयोगको निर्वाचन गर्ने कार्यक्रम छन्।