चीनबाट दक्ष व्यक्तिद्वारा मुलुकलाई शक्तिशाली बनाउने रणनीति लागूः सी चिन फिङ
2022-10-16 12:03:10cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन आज पैचिङमा सुरू भएको छ। सी चिन फिङले उन्नाइसौँ केन्द्रिय समितिको तर्फबाट प्रतिवेदन सुनाउँदै चीनले दक्ष व्यक्तिद्वारा मुलुकलाई शक्तिशाली बनाउने रणनीति गहिरोरूपमा लागू गर्ने कुरा बताउनुभएको छ।

 

चीनले श्रम, ज्ञान तथा आविष्कारलाई कदर गर्ने, दक्ष व्यक्तिको बनौटलाई पूर्णता दिलाउने, विश्वको महत्वपूर्ण दक्ष व्यक्ति केन्द्र तथा आविष्कारबारेको अग्लो ठाउँको निर्माणलाई द्रूत पार्ने र विभिन्न क्षेत्रको दक्ष व्यक्तिलाई चिनियाँ कम्युनिष्ट पार्टी तथा जनताको कार्यमा केन्द्रियरूपमा ल्याएको कुरा पनि सीले व्यक्त गर्नुभएको छ।