जुनसुकै बेलामा ठूलो पार्टीको विशेष समस्याको समाधान गर्ने स्पष्ट दृढताः सी चिन फिङ
2022-10-16 13:27:02cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन आज पैचिङमा सुरू भएको छ। सी चिन फिङले उन्नाइसौँ केन्द्रिय समितिको तर्फबाट प्रतिवेदन सुनाउँदै समाजवादी आधुनिक मुलुकको सकारात्मकरूपमा निर्माण गर्न र चीन राष्ट्रको विशाल पुनरूत्थान सकारात्मक रूपमा अघि बढाउनका लागि चिनियाँ कम्युनिष्ट पार्टी एकदम महत्वपूर्ण भएको कुरा बताउनुभएको छ। विश्वमा सबभन्दा ठूलो मार्क्सवादी प्रशासनिक पार्टीको हैसियतमा रहेर चिनयाँ कम्युनिष्ट पार्टीले जनताको समर्थन तथा दीर्घकालीन प्रशासनिक स्थानमा रहनका लागि जुनसुकै बेलामा ठूलो पार्टीको विशेष समस्याको समाधान गर्ने स्पष्ट दृढता कायम राखेको कुरा पनि सीले व्यक्त गर्नुभएको छ।