सी चिनफिङः चिनियाँ कम्युनिष्ट पार्टीको मुख्य उद्देश्य समाजवादी आधुनिक देशको चौतर्फी निर्माण
2022-10-16 12:04:24cri
Share with:

१६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन पैचिङमा शुरु भएको छ। सी चिनफिङले १९औं केन्द्रीय समितिको तर्फबाट महाधिवेशन समक्ष कार्यप्रतिवेदन प्रस्तुत गर्दै अहिलेदेखि नै चिनियाँ कम्युनिष्ट पार्टीको मुख्य उद्देश्य सारा चीनका विभिन्न जातिका जनतालाई एकत्रित पारेर समाजवादी आधुनिक देशको चौतर्फी रुपमा निर्माण गर्ने, दोस्रो शतवार्षिक लक्ष्य साकार तुल्याउने, सम्पूर्ण रूपमा चीन राष्ट्रको पुनरूत्थानलाई अघि बढाउने रहेको व्यक्त गर्नुभएको छ। 

समाजवादी आधुनिक देशको चौतर्फी रुपमा निर्माण गर्ने योजना दुई चरणमा विभाजित गरिएको छः सन् 2020 देखि 2035सम्म आधारभूत रूपमा समाजवादी आधुनिकीकरणला साकार तुल्याउने, सन्2035देखि यस शताब्दीको मध्यसम्म चीनलाई धनी, लोकतान्त्रिक, सभ्य, मेलमिलापयुक्त र सुन्दर हुने समाजवादी आधुनिक बलियो मुलुकको रुपमा निर्माण गर्ने हो। आगामी 5 वर्षमा यस उद्देश्यला साकार तुल्याउन शुरू भएको मुख्य अवधि रहेको राष्ट्राध्यक्ष सीले प्रतिवेदनमा जोड दिनुभएको छ।