वास्तविक अर्थतन्त्रलाई महत्व दिनेः सी चिन फिङ
2022-10-16 12:20:12cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन आज पैचिङमा सुरू भएको छ। सी चिन फिङले उन्नाइसौँ केन्द्रिय समितिको तर्फबाट प्रतिवेदन सुनाउँदै चीनले समाजवादी उच्चस्तरीय बजारमूलक आर्थिक व्यवस्था बनाउने, समाजवादी आधारभूत आर्थिक प्रणालीलाई कायम राख्नुका साथै पूर्णता दिलाउने, सार्वजनिक स्वामित्वको अर्थतन्त्र दृढताका साथ विकास गर्ने, गैर-सार्वजनिक स्वामित्वको अर्थतन्त्र दृढताका साथ प्रेरित गर्ने, समर्थन तथा निर्देशित गर्ने, श्रोतको मध्यस्थताका क्रममा बजारको निर्णायक भूमिकालाई सकारात्मक रूपमा निर्वाह गर्ने र सरकारको भूमिका अझ राम्ररी निर्वाह गर्ने कुरा बताउनुभएको छ।

 

सी चिन फिङले अगाडि औँल्याउनुभएअनसार, चीनले उच्चस्तरीय वैदेशिक खुलापन अगाडि बनाउने, शक्तिशाली व्यापारिक मुलुकलाई द्रुतरूपमा अघि बढाउने, बीआरआईको संयुक्त रूपमा उच्चगुणस्तरीय विकास गर्ने  र बहु-स्थिर अन्तर्राष्ट्रिय आर्थिक बनौट तथा आर्थिक व्यापारिक सम्बन्धलाई कायम राख्न पहल गर्नेछ।