चीन कहिल्यै पनि विस्तारवाद तथा सम्प्रभुतावादतर्फ नलाग्ने
2022-10-16 12:36:24cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन आज पैचिङमा सुरू भएको छ। सी चिन फिङले उन्नाइसौँ केन्द्रिय समितिको तर्फबाट प्रतिवेदन सुनाउँदै चीनले स्वतन्त्र शान्तिपूर्ण कूटनैतिक नीति अडिग रूपमा लागू गर्दैआएको बताउनुभएको छ।

 

साथै उहाँले तथ्यअनुसार आफ्नो अडान तथा नीतिको निर्णय गर्दैआएको,  अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम र अन्तर्राष्ट्रिय न्यायिक निष्पक्षताको संरक्षण गरेको बताउनुभयो।

 

सबै किसिमको सम्प्रभुतावादको दृढ र्विरोध गरेको बताउँदै उहाँले शीत युद्ध र अरू देशको आन्तरिक मामिलामा हस्तक्षेपका साथै दोहोरो मापदण्डको पनि विरोध गरेको कुरा बताउनुभयो। चीन विस्तारवाद तथा सम्प्रभुतावादतर्फ कहिल्यै नजाने पनि सीले भन्नुभयो।