चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन सुरू
2022-10-16 10:37:01cri
Share with:
चीनको प्रशासनिक पार्टी—चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशन आज विहान पैचिङस्थित जन बृहत सभा भवनमा शुरू भएको छ। चिनियाँ कम्युनिष्ट पार्टीको 23 सयभन्दा बढी प्रतिनिधिहरू तथा विशेष प्रतिनिधिहरूले उक्त महाधिवेशनमा भाग लिएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीका अरू पार्टीका शुभेच्छुकहरू तथा सम्बन्धित पक्षका जिम्मेवार व्यक्तिहरूको महाधिवेशनमा उपस्थिति छ। उक्त महाधिवेशन अक्टोबर सोह्र तारिखदेखि बाइस तारिखसम्म चल्नेछ।


