सी चिनफिङः चीनको आर्थिक शक्ति ऐतिहासिक वृद्धि
2022-10-16 11:52:46cri
Share with:

१६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन पैचिङमा शुरु भएको छ। सी चिनफिङले १९औं केन्द्रीय समितिको तर्फबाट महाधिवेशन समक्ष कार्यप्रतिवेदन प्रस्तुत गर्नुभएको छ। 

राष्ट्राध्यक्ष सीले दश वर्षयता चीनको कूल राष्ट्रिय गार्हस्थ उत्पादन मात्रा 540 खर्ब चिनियाँ युआनदेखि 1140 खर्ब चिनियाँ युआनसम्म वृद्धि भएको, चीनको कूल आर्थिक मात्रा विश्व अर्थतन्त्रमा 18.5 प्रतिशत रहँदै 7.2प्रतिशत वृद्धिका साथै विश्वको दोस्रो स्थानमा रहेको बताउनुभएको छ। 

चीनले 140 भन्दा बढी मुलुक र क्षेत्रका मुख्य व्यापारिक साझेदार भएर व्यापारिक रकम विश्वको पहिलो स्थानमा रही विदेशी लगानी आकर्षित गरेको र वैदेशिक लगानीको रकम पनि विश्वको अग्रस्थानमा रहेकोले अझ विस्तृत र गहन विदेशी खुलापनको अवस्था बनेको राष्ट्राध्यक्ष सीले बताउनुभयो।