जनताको सुख नै चिनियाँ कम्युनिष्ट पार्टीको अपरिवर्तित खोज हो
2022-10-17 16:36:19cri
Share with:

अक्टोबर १६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन पैचिङमा सुरू भएको छ। केन्द्रीय समितिका महासचिव सी चिनफिङले १९औँ केन्द्रीय समितिको प्रतिनिधित्वमा प्रतिवेदन पेश गर्नुभयो। प्रतिवेदनमा धेरैपटक जनता शब्द प्रयोग गरिएको छ।

विगत दश वर्षमा जनजीवनको सुधारबाट भविष्यमा जनजीवनको सुन्दर योजनासम्म चिनियाँ जनताका लागि सुख खोज्नु र चीन राष्ट्रका लागि पुनर्त्थान हुन खोज्नु चीनको सत्तारुढ पार्टीको प्रारम्भिक इच्छा र लक्ष्य हो।

चिनियाँ कम्युनिष्ट पार्टीको विकास इतिहासको पूर्वावलोकन गर्दा यस्तो तथ्य पत्ता लगाउन सकिन्छ- चिनियाँ कम्युनिष्ट पार्टीसँग आफ्नो विशेष स्वार्थ छैन। जहिल्यै पनि जनताको हितलाई पहिलो स्थानमा राख्नुपर्छ। यो मार्क्सवादी चिनियाँ कम्युनिष्ट पार्टी र अन्य पार्टीको स्पष्ट फरकपन हो।  

विशेष गरी पार्टीको १८औँ महाधिवेशनयता तीन ठूला मामिला भएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीले सतवार्षिकी मनाएको छ। चिनियाँ विशेषतायुक्त समाजवाद नयाँ युगमा प्रवेश गरेको छ। गरिबी निवारण तथा सम्पन्न समाजको चौतर्फी निर्माण कार्य पूरा गरेर पहिलो सतवार्षिकी लक्ष्य साकार भएको छ। जसले १ अर्ब ४० करोड चिनियाँ जनतालाई पहिले नभएको प्राप्त, खुशी र सुरक्षा महसुस दिएको छ।

महासचिव सी चिनलिङले प्रतिवेदनमा स्पष्ट रूपमा व्यक्त गर्नुभयो, अबदेखि चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय कार्य चीनका विभिन्न जातीय जनताको एकीकृत नेतृत्व गरेर  शक्तिशाली  सामाजिक आधुनिक देशको निर्माण गर्दै दोस्रो सतवार्षिकी लक्ष्यको साकार गर्नु हो। चिनियाँ शैलीको आधुनिकीकरणबाट चीन राष्ट्रको महा पुनर्त्थानलाई अगाडि बढाउनेछ।  

विकास जनताका लागि हो, विकास जनतामा भर पर्नुपर्छ र विकासको उपलब्धि जनताले बाँड्नुपर्छ। यस्तो धारणा लिएर चिनियाँ कम्युनिष्ट पार्टी र जनताले साझा प्रयास गरेर उल्लेखनीय ठूलो उपलब्धि हासिल गरेको छ। भविष्यमा चिनियाँ कम्युनिष्ट पार्टीले जनताको नेतृत्व गरेर  पाखुरा  सुर्किएर कडा परिश्रम गरी अझ ठूलो  विकास चमत्कार र अझ सुन्दर भविष्यको निर्माण गर्नुका साथै विश्वको शान्ति तथा विकासका लागि अझ बढी सक्रिय शक्ति थप्नेछ।