चीनले मानव र प्रकृति बीच सामञ्जस्यपूर्ण सहअस्तित्वको विकास गर्ने
2022-10-17 15:16:14cri
Share with:

अक्टुबर १६ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशन पैचिङमा शुरु भएको छ। राष्ट्राध्यक्ष सी चिनफिङले १९औं केन्द्रीय समितिको तर्फबाट महाधिवेशन समक्ष कार्यप्रतिवेदन प्रस्तुत गर्नुभएको छ। 

उहाँले कार्यप्रतिवेदनको चर्चा गर्दै प्रकृतिको सम्मान गर्न, प्राकृतिक नियम अनुकूल बनाउन, प्रकृतिको संरक्षण गर्न चीनलाई समाजवादी आधुनिकिकरण मुलुकको चौतर्फी रूपमा निर्माण गर्ने आवश्यक्ता भएकोले स्वच्छ नदी र हरित पहाड सुन चाँदीको नदी र पहाड भन्ने विचारको स्थापना गरी मानव र प्रकृति बीच मेलमिलापयुक्त सहअस्तित्वको विकास गर्नुपर्ने बताउनुभएको छ। 

उक्त कार्यप्रतिवेदनमा श्रृंखलाबद्ध हरित विकाससम्बन्धी ठोस कदम प्रस्तुत गरिएको छ। चीनले सम्पूर्ण वचत गर्ने रणनीति लागू गर्ने, हरित कम कार्बुन व्यवसायको विकास गर्ने, हरित उपभोग गर्न आह्वान गर्ने, चीनमा हरित कम कार्बनको उत्पादन तरिका र जीवन तरिकालाई अघि बढाउने छ। यसका साथै चीनले ऊर्जा-स्रोतको क्रान्तिलाई अघि बढाएर नयाँ शैलीको ऊर्जा-स्रोत प्रणालीको स्थापना गर्ने र सक्रिय रूपमा विश्व जलवायु परिवर्तनमा भाग लिने छ।