चिनियाँ शैलीको आधुनिकीकरण सम्पूर्ण चिनियाँ जनता साझा रूपमा धनी बन्ने आधुनिकीकरण हो
2022-10-17 15:26:47cri
Share with:

 

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशन अक्टोबर १६ तारिखदेखि पैचिङमा अवस्थित जन बृहत् सभा भवनमा शुरु भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी १९औँ केन्द्रीय समितिको तर्फबाट सी चिन फिङले यस महाधिवेशनलाई सम्बोधन गर्दै चिनियाँ शैलीको आधुनिकीकरण सम्पूर्ण चिनियाँ जनता साझा रूपमा धनी बन्ने आधुनिकीकरण भएको बताउनुभयो।

उहाँले व्यापक रूपमा जनताको आधारभूत हितको राम्रोसँग संरक्षण गरिनुपर्छ र त्यसको राम्रोसँग विकास गरिनुपर्छ भन्नुहुँदै चिनियाँ जनताले सबैभन्दा बढी ध्यान दिने, सबैभन्दा प्रत्यक्ष र सबैभन्दा वास्तविक हितलाई केन्द्रित गरेर साझा रूपमा धनी बनाउन स्थिरताका साथ अघि बढाइनुपर्ने औँल्याउनुभयो।

साझा समृद्ध प्राचीन कालदेखि चिनियाँहरुको अभिलाषा हो। विगत दश वर्षयता चीनका ग्रामिण क्षेत्रमा बसोबास गर्ने ९ करोड ८९ लाख ९० हजार जनसंख्या गरिबीमुक्त भएका छन्। जुन मानवजातिको गरिबी मुक्तिको इतिहासमा एउटा चमत्कार हो। सन् २०२० सम्म चीनमा मध्यम आय वर्गको जनसंख्या ४० करोड भन्दा बढी पुगेको छ। सन् २०२१ मा चीनमा सम्पन्न समाजको चौतर्फी निर्माण सम्पन्न भएको छ, जसबाट चिनियाँहरुको पहिलो शतवार्षिकी लक्ष्य पूरा भएको छ।